तिम्रो लागी

उमा गौतम 
अमेरिका

बिहान देखीको धन्नाले जुठेल्नो भरिएको छ
खेलौनाहरूले घर भरिएको छ
लुगा धुन नपाएको थिए हैप्तौ भयो
घरबाट बाहिर निस्किने दिन गायो
मामुले खाना त बिहान पनि नखाएकै हो नि
तिमी यो संसारमा आउनु भन्दा महिनौँ अघि देखी नसुतेकै हो नि
कोही बेला आरामले बसेर खाउँला
कुनै दिन लामो निन्द्रा पनि निदाउला
संसारका सबै कामहरू त्यागी
ऐले चैँ यो समय तिम्रो लागि

तिम्रो गुनगुन आवाज सुनिरहनू छ
तिमीलाई सुनाउने कथा बुनिरहनू छ
छिन छिनमा तिमीलाई दूध पिलाउनु छ
तिमी सुत्ने ओछ्यान मिलाउनु छ
डाइपर फेरेर तिमीलाई सुताउनु
फेरी एकै छिनमा उठाएर खुवाउनु
तिम्रा यी कलिला हातहरू अघाउन्जेल खेलाउनु छ
तिमीलाई अङ्गालोमा बेरेर माया गर्नु छ
तिमीसँग मात्र तिमीसँग खेल्नू छ
क ख ग घ, ए बि सी सी डी गुनगुनाउनु छ
संसारका सबै कामहरू त्यागी
ऐले चैँ यो समय तिम्रो लागि

समाजले त कुरा काट्ने मात्र हो
काटेको घाउमा नुन छर्ने मात्र हो
अब म भसार भएँ रे
मोटाएर खेर गएँ रे
कुनै दिन जिम गएर ट्रेडमीलमा कुदौँला
सैलुन गएर  Pedicure manicure पनि गरौँला
कपाल पनि  हाई लाइट गरौँला
हरेक महिना स्टेल स्टायल (stale style) ले  काटौँला
बिछोडाएका साथीहरू भेटुँला
विकेण्ड  नै पिछे पार्टी गरौँला
संसारका सबै कामहरू त्यागी
ऐले चैँ यो समय तिम्रो लागि

Leave a Reply

Your email address will not be published. Required fields are marked *