नजर मिलाइदेऊ

उमा गौतम / पीए, अमेरिका
कवयित्री

उमा गौतम
पेन्सिलभेनिया, अमेरिका

विवश यो नजरसँग नजर मिलाइदेऊ
बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ

ताराहरु बिच खोज्छु, चाँदनीमा तिमी देख्छु
जिन्दगीका पाना पिच्छे, केवल तिम्रो नाम लेख्छु
बिताएको छैन कुनै, पल तिम्रो याद बिना
अधुरो छ मेरो यात्रा, आज तिम्रो साथ बिना
विवश यो नजरसँग नजर मिलाइदेऊ
बिन्ति मलाई केवल तिम्रो, प्यार दिलाइदेऊ

अमूल्य छ जति जीवन, मर्न लागेकालाई
अमुल्य छै तिमी पनि, त्यति नै मलाई
ऋतुहरुमा बसन्तको हरियाली बहार तिमी
विश्वकोलागि एक होलाउ, मेरोलागि संसार तिमी
विवश यो नजरसँग नजर मिलाइदेउ
बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ

जिएर तिमीसँगै,तिम्रै काखमा मर्नु छ मलाई
सैयौ खोला जिन्दगीका तिमीसँगै तर्नु छ मलाई
छैनौ तिमी, कता कता, चर्याएर दुख्छ छाती
तिमी मात्र एक मेरो, सयौ जुनिभरको साथी
त्यसैले, विवश यो नजरसँग नजर मिलाइदेऊ
बिन्ति मलाई केवल तिम्रो प्यार दिलाइदेऊ

 

3 Replies to “नजर मिलाइदेऊ”

  1. विकाश

    कविता राम्रो लाग्यो। उमाजीको कलम सधैँ सफल रहोस्।

  2. krishna dulal

    उमा जी तपाइको प्रतिवावात्मक कलामलाई म सलाम दिन्छु
    यदि तपाईलाइ अफ्ट्यारो पर्दैन भने के म तपाइको फोन नॉ
    मग्न सक्छु . म पनि बल्तिमोरे रहने नेपालि नै हु / साहित्य
    क्षेत्रमा मेरो पनि अघौजी रुची भएको ले तपाइँ संग गफ गर्न मन
    लागेको हो / मेरो माथिको इमेल म मैल गर्नु होला है त
    तपाइको सुभ चिन्तक
    कृष्ण ठुल्दाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *