निरीह भानु
विचरा भानुको एउटा तस्वीर
दुइटा फ्रेममा विभाजित हुन्छ
त्यही तस्वीरले यौटै जयन्तीमा
दुई पटक, माला, अवीर
र दियो खान्छ
भानु अहिले कुनै शौचालयमा
वा औषधालायामा हुनु पर्छ
झाढाले सताएर
तर हैन भानुलाई घरमै चिरेर डाक्टरहरूले
अस्पताल लागेकाछन्
काम्न अभ्यस्त छन्
टाँका लगाएझैं गरी सर्जन हातहरू
र पत्रकार अट्टेरी गरिरहेछ
यी दुइटा दुर्घटनालाई दुइटा समाचार बनाउन
हुनसक्छ ऊ चिन्तित छ यो दुर्घटनाले
तर उसलाई थाहा हुनुपर्ने हो
ऊ पत्रकार हो न कि विश्लेषक
त्यही ठाउँमा त्यही अवसरमा
आफूलाई दोस्रो पटक श्रद्धा
दिएपछि भानुका आँखीभौं
उचालिन्छन् र नजानिँदो पाराले
नियाल्छन् आफ्ना अनुयायीहरूलाई
अनुहार उही पाउँछन्
मन मात्र फरक
विषय यौटै छ
विचार मात्र अलग
उनी आफूलाई
कविहरूको श्रेणी विभाजन गर्न
प्रयोग गरिएको पाउँछन्
पुरस्कारको पर्दामा प्रदर्शित
प्रायोजकको विज्ञापनमा
आफूलाई मोडेल बनाइएको पाउँछन्
र सुँक्सुकाछन् बर्बरी आँशु झरेर
तर कसले सुन्थ्यो
विचरा भानुको अरण्यरोदन !
विचरा भानुको अरण्यरोदन !