पाईलाहरु

कवयित्री

गंगा अधिकारी
एडिलेड, अस्ट्रलिया

द्विविधाको चौबाटोमा, अन्धकारको विशाल मझेरी
तन्की-लम्की पर हेर्दा, धिप्-धिप् थियो सानो जुनकिरी।
केही कदम पईला बड्दा, लट्पटि आयो ठूलो भूँवरी
गन्तब्यको आंकलनमा, लागोस् पाईला अब कसरी।।

अन्योलमै अन्जानमै, घुम्यो पाईला त्यहीं वरिपरि
आँखा चिम्ली  हात पसारी, खायो हजूर! धेरै सुपारी।
ठेस लाग्यो अनि आँखा खुल्यो, हट्यो सारा त्यो अंधेरी
रित्तो पाईला सारौँ भन्दा, घोटिइसकेछ हेर! बेस्सरी।।

सयौँ जंघार कति सागर, आयो पाईला साँघू तरी
मोज-मस्ति साथी-संगी, भ्यायो धेरै भलाकूसारी।
सपनाकै संसार भित्र, ओड्यो खोक्रो आडम्बरी
अटल रह्यो अचल पाईला, देखी आफ्नो रित्तो भकारी।।

कठिन बाटो झूक्यो पाईला, हरायो है फूलबारी
आँट बटुली केही बड्यो, चल्यो पाईला सुस्तरी।
वर -पर सारा हेर्दा, छैन पाईला अजम्बरी
आज रह्यो पाईला हजूर! भयो रुखमा सूनखरी।।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *