पुदिनाको अचार

नारायण ढकाल 
ओहायो , अमेरिका
पुदिनाको पात हजुर, दुईचार वटा पात
कोरोनाको ओखती रे पुदिनाको पात ।
जिरा राख, धनियाँ राख, तोरीको तेल थोरै
खोर्सानीको ढीणी सानो पिरो हुन्छ धेरै।
टमाटर नि मिसाइदेऊ, अदुवा थोरै पार
लसुन पोटी छोडाइकन लसक्क लसक्क पार ।
नुन थोरै राख्नु है,  चर्को होला अचार
थोरै बाँड्नु नपुग्ला है पुर्‍याउनु बिचार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *