बीभत्स

अनन्त आचार्य
अस्ट्रेलिया 

(इन्द्रबज्रा छन्द)
बीभत्स भैगो नि डसेर गैगो ।
जीवन्त पीडा नि दिएर गैगो । ‍‌
आँखा भिजेका नि सुकेन भैगो ।
छाती भिजेको नि गलेर गैगो।
सम्पूर्ण लैजा नि बिहाल भैगो ।
हिलो मनैमा नि दलेर गैगो ।
भत्केछ दैलो नि शरीर भैगो ।
दुर्वाच्य भाला नि धसेर गैगो ।
आकाश भत्क्यो नि थिचेर गैगो ।
कुल्चेर मान्छे नि पिसेर गैगो ॥‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *