भानु-स्मृति
डोना आचार्य
अमेरिका
आफ्नोपन
आफुसँग
लिएर आएको छु-
मेरो संसारमा
भानु अस्ताएनि,
नवीन किरणसँगै-
भानु उदाउने
अर्को गोलार्धमा !
तिम्रो माया
मेरो जन्मसँगै
तोते बोलीमा
मुखरित भएथ्यो !
जातिप्रेम
तिम्रो स्मृतिमा
प्रगाढता सम्हाल्छ-
बिस्मृति-
परायापन हाबी बन्ला ?
मेरो स्वभिमानी जाति
तिम्रो कीर्ति
अंगाली रहला ?
प्रश्नहरु
लहर बन्दै गर्दा
सपनामा
तिम्रो स्वरूप देखेँ।
भाषा मर्दैन
जाति मर्दैन
तिम्रो सपना
दिवाकर बनेर
चम्किरहने छ ।
तिम्रो स्मृति
भानु- स्मृति !
Dear Dona Aacharya,
You deserve a poetic potentiality in your poems. This is truth.
Hope, I will get to read more from you.
Always
Sanchaman Khaling
PA, United States