माया गर्न जानिन

कवि

अर्जुन प्रधान
मिनिसोटा
सायद आफ्नो भएर होला
नजिक रहँदा पनि चिन्न सकिन
टाँडा हुदाँ झन् भुल्न सकिन
तर पनि तिमीलाइ माया गर्न जानिन

सुंदर शालीन कस्तो मुहार तिम्रो
चन्द्रमालाई हेरी दिलको रहर मेटाउने
लजालु बान्कीमा रशप्यास भरिदिने
जवानीलाई लच्काएर समय ढाली जाने
त्यसैले तिमीलाई माया गर्न जानिन

साथ रहँदा सबै थाँहा नरहने
मनका कुरा सबै पोखीदिने
आधा रात सबै हाम्रो हुदाँ
तिमीलाइ मैले, तिम्ले मलाई
समाल्न, समाल्न नसकिने
समय र जिवनको गति कति बेगिलो
त्यसमा पनि मैले घृणा पोखें होला
सायद, यसपछि माया गर्न……

मैले दिन नजानेको
तिम्ले लिन खोजीरहेको
एउटा भविष्यको गन्तब्यमा
म सोचमग्न भएँ, कहिल्यै भनिन
खुशि भरिएर आएछ, थाहाँ भो तिमी मेरी
समयका हरेक पल महशुस नभएको
माफी गर, तिमीलाई अझ माया गर्न जानिन

सधाकाल मष्तिस्कमा रेखा भइरह्यै
भन किन र कति कारणले ?
सुन्दरताको अघि प्यारो मन मर्दोरहेनछ ।
झन् झन् सुन्दरता जन्मिदोरहेछ…
देऊ, देऊ मलाई एउटा नौलो चुनौति
सधाभर सन्तुष्टि दिई, लिई रहने छु ।

सन्तुष्टि
साना तिना कुराहरुमा, मैले भन्ने अनि गरें
असंख्य समयका पल गिन्तीमा रहेनन् होला
त्यसैले सदाकाल मष्तिस्कमा रेखा भइरह्यै
भइरह्यै जिवन अन्त्य सम्म तिमी
यसैले तिमीलाई माया गर्न जानिन

वियोगान्त रुपान्तरित हुनु पर्ने…….
समय समयको पलसगै
विहानीको किरणले सूर्य अस्ताए झैं
हरेक प्रेममा रेखी भरिएका योगीबाट
शुरुवात जीवन्त सम्योगान्तको लागि

युगपरिवर्तन पछि
कसैले भन्न नपरोस् कि
यस्तो??
तिमीलाई माया गर्न जानिन?।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *