मूर्तिकारको मूर्ति:तिम्रो लक्ष्य
सन्चमान खालिंग
अमेरिका
छेकारो मार्दा मार्दै जिन्दगी
उपियाँ झैँ उफ्रेर कता पुग्छ कता
धेरै थाकिँदो रहेछ
जिन्दगीसंग लुकामारी खेल्दा
जिन्दगीमा
लक्ष्य नै नभएको मान्छे
को पो हुन्छ र !
विडम्बना
सबैले लक्ष्यको किनारा समाउन सक्दैन
जिन्दगी को गणित मिल्दैन
यध्यपि
पछ्याउन छाड्नु हुन्न
क्षितिजको सप्तरंगी इन्द्रेणी- एउटै लक्ष्य
छोडी दियौ भने
तिमी एक्लो हुन्छौ
नितान्त एक्लो- मृतुसैया
असीमित ब्रमाण्ड
सधैं सन्तुलित छ
त्यहि समयमा –
फल्छ, फुल्छ र झर्छ
मात्र असन्तुलित –
सोचाई, कर्म, आदि
मान्छे आफैमा सन्तुलित हुन्छ
ऊ ब्रमाण्डको एक अंस
मूर्तिकार
छर्लङ्ग मुर्ति देख्छ ढुंगाभित्र
मूर्तिकारको आँखामा
लक्ष्यलाई हेर
एक दुइ चोटी फेल भएर के भो त
हजार चोटी बाँकि छ तिम्रोलागि
फेरि अर्को तरिकाले
प्रयास् गर
हजार प्रयास् बाँकि छ तिम्रोलागि