यात्रा

लेखक
लेखक

खगेन्द्र गौतम 
क्यानाडा 

 

जीवन वास्तबमै एक अविरल यात्रा रहेछ।  कुनै एक निश्चित बिन्दुबाट सुरु भै कहाँ गई अन्त्य हुन्छ त्यो चै भन्न सकिदैन रहेछ।  जीवनका धेरै अनगन्ति मोडहरुमा कहिले दुख अनि कहिले सुख एक आपसमा चक्र झैँ घुमी रहन्छन।  मानिसको जीवन ऋतु झैँ बदली रहन्छ। तर अपसोच कसैको जीवनमा वसन्तले सधै बहार ल्याइ रहन्छ भने कसैको जीवनमा तुसारो नै छाइरहन्छ।

समय, परिस्थिति र कर्मको चक्रब्युमा रोमल्लिदै कहिले कहिँ मानिस त्यो ठाउँसम्म पुग्छ जहाँ जिन्दगीले सहि गन्तब्य समात्छ। यो लेखमा म त्यो जीवन यात्राको कुरा गर्दै छु जुन जीवनको यात्रामा तपाइ हामि सबै हिडिसकेका छौं अनि भोगी सकेका छौं। प्रकृतिले हराभरा त्यो हिमाली टापू ; जहाँ गगनचुम्बी शिखरहरूले हिउँको फेटा ओडेकोछ, अनि त्यो समथर मैदानले लाखौको पेट भरेको छ। हो, त्यहि जन्मिएका हौं हामी अनि त्यहिबाट सुरुभएको थियो हाम्रो जीवनको अनन्तयात्रा. कुल राष्ट्रिय खुसि आफ्नै देशबाट भएको गलत संदेश प्रभाह गर्न न्वारन देखिको बल लगाएर संखघोस गरिरहेका ति विलासी  परपीडकहरुलाई हाम्रा पुर्खाहरुले परिश्रम गरी , रगत र पसिना बगाई त्यो देशमा स्वर्ग ल्याईदिए , ती अचल अनि अटल पहाडहरु फोरी मैदान बनाइदिए तर ति बिर परिस्श्रमी सपुतहरुले ज्याला स्वरुप आफै त्यहाँबाट लखेटिनु पर्यो। निरंकुशताको मात चडेको त्यो नरभक्षी शासकले एक सभ्य मानिस भई बाच्न खोज्दा हातखुट्टामा नेल कसिदियो , अधिकार माग्दा मुखमा ताला ठोकिदियो अनि छातीमा गोलिहान्दै सिमा कटाई दियो।  यो मन रोएर आउछ पछाडी फर्केर हेर्दा किनकि : त्यहा हाम्रो भविस्य लुटिएको छ , छाती फुटेर आउछ सम्झेर ल्याउदा किनकि त्यहाँ हाम्रो अधिकार खोसिएको छ। यो कुनै आदिमयुगको दंत्य कथा होइन , नपत्याए सोध त्यो देशका ढुंगा र माटोलाई त्यसले इतिहास बोल्ने छ , अनि खोज त्यहाका नदिनालाहरुमा हाम्रो रगत र पसिना मिल्नेछ , सुन त्यहाका देउरालिहरुमा बसेर : मैना चरी र न्याउलीले केवल विरहका गीतहरु मात्र गाई रहेका छन्। समयको रफ्तार आफ्नै गतिमा अगाडी बदिरहेकोछ यस्ले कसैलाई पर्खदैन, ऋतुहरु बदलिए झैं देशको नीति पनि बदलिदो रहेछ। हो यस्तै भयो सन् १९९० को दशकतिर हाम्रो भुतपुर्ब राष्ट्र भुटानमा। हजारौंले बीरगति प्रप्तगारे , हजारौं बेपत्ता भए अनि लाखौं शरणार्थी भए। कहाँ त्यतिमा सिमित छ र हाम्रो यात्राको दर्दनाक कथा। चाहेर पनि यो कागजको पानामा म कयद गर्न सक्दिन। तपाई हामीले सामुहिक रुपमा भोगेका केहि दृश्यहरु चाही लेख्दै छु; सायद तपाईहरुले त भुली पनि सक्नु भयो होला। समयले कोल्टे फेरेको छ , तपाईहाम्रा प रिश्रमी हातहरु भिख माग्न थाले , प्रकृति जस्तो तेजिलो हाम्रो मस्तिस्क सिथिल भयो, हाम्रो जीवनमा वसन्त होइन तुसारापात भयो , खुसि होइन , दुखै दुखको गोरेटोमाझ पाईला चाल्दै छ हाम्रो जीवनले। धेरै भूमिका नबाधि भन्नु पर्दा हामी छिन् भरमै एक स्वाभिमानी नागरिक बाट शरणार्थी भयौ. येसो हुनुको पछाडिका राजनीतिक उतार चडाब , घटना अनि परिघटनाका बारेमा म केहि पनि लेख्न चाहन्न किन कि मलाई था छ एसले धेरैको मनमा खाटो बसिसकेको पुरानो घाउ बल्झाउने छ। हो हामी शरणार्थी भयौ , अर्काको शरणमा बस्नु सोचे जस्तो सजिलो कहाँ हुदो रहेछ र। शरणार्थी बनेर कसैको कृपामा बच्नुको पिडा आफैलाई मात्र थाहा हुन्छ। अनेकु भेदभाव , अनि सधै भरिको अभाव यस्तै यस्तै हुदा रहेछन दैनिकीहरु। जता गयो उतै ठेस मात्र लाग्छ, दिक्दार लाग्दो शरणार्थी जीवन अभावै अभावको बीचमा रहेर पनि जिउनु पर्ने। चक्र झैँ समय बिति रहन्छ , ऋतुहरु परिवर्तन भै रहन्छन्। हिमालका बीचबाट झुल्केका घामले प्रकाश फिजाए जस्तै सुनौला आसहरु पलाउन थाले ।

पुर्बिय सस्कारमा चुर्लुम डुबेको सामाजिक परिवेसलाई भुल्दै सात समुन्द्र पारी पुनर्बास हुने कुरा सुन्दा कसैका मनमा खुसीका मुना पलाएका थिए भने कसैका शरिरमा काडा उम्रिएका थिए। तर जे होस् त्यो पुनर्बासको सुरुवात नै हाम्रो जीवनमा सदाबहार  छाइरहने एक वसन्त बनिरहन पुग्यो हाम्रो जीवनमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *