सत्य प्रेम

एस्पी भण्डारी
सिड्नी, अष्ट्रेलिया

सुनौला सपना बोकी आएछौ लोकमा तिमी
सुकार्यको विचार् जागोस् धीर भै लम्किनु तिमी।१

बृद्ध बालक नारीको सेवा गर्नु निरन्तर
घमण्डी नहुनु कैल्यै श्रमजीवि हुनु तिमी ।२

मानसम्मानको रक्षा गर्दा संकष्ट धेर् भए
नआत्तिनु बनि वीर लम्किनु लोकमा तिमी।३

ईर्ष्याको भाव त्यागेर मैत्री भाव बढाऊनु
जंजीर फाली हातैको चम्किनु लोकमा तिमी ।४

अर्काको श्रम खोसेर खाने आशक्त हुन् भनी
यिनको संगति देखि तर्किनु लोकमा तिमी।५

निन्दा,घृणा, कुकर्मादि गर्दा ठुलो भए पनि
नबढ्नु पछि नै सर्नु नचड्नु अश्वमा तिमी।६

विरोध अरूको गर्ने ज्ञानी हुन्न सुपाठक
यस्ताको रमिता देखि तर्सिनु लोकमा तिमी।७

एकले अरूको जै’ल्यै कुभलो सोचने भए
नहिड्नु उसको बाटो तर्किनु लोकमा तिमी।८

मिथ्या कुरा परै छाडौं सत्य सावित भए पनि
नसुन्नु यिनको बाणी भड्किनु लोकमा तिमी।९

आफ्नो संझि पछि लागे बाधा पो पार्छ कि भनी
गन्तव्य अलगै गर्दै तर्किनु लोकमा तिमी।१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *