सम्झना सर्जरी
क्षितिजको मित्र प्रकाश धमाला
एडिलेड, अष्ट्रेलिया
बिहानै ५ बजेतिर लाक्पा, ठूले भाइ, तिल्चन
मलाई बोलाउन आउँथे
जेठा छिटो उठ न कस्तो जाडो भै सको
अह! आज त सलाई पनि बोक है
आज तिम्रो टन …..
ठूले! हिजोको भन्दा पनि टाढा जानु पर्छ ल
हामीले मात्र आगो ताप्ने नि
साले बनजाँचे पनि नपुग्ने ठाउँमा जानु पर्छ
ए! सुन त आमाले नदेख्ने गरी एउटा शिखर, खुकुरी,
नभए बिजुलीसम्म पनि बोक है …….
यस्तै थियो मेरो या हाम्रो बालापन
साँच्चै पराले झुप्रो भए पनि हाम्रो घर थियो
ममता थियो, साथी भाइ थिए,
पानी वर्षेनी चुहे पनि हामी खुसी थियौं
निस्फिक्री किन किन रमाइरहेका हुन्थ्यौं
सायद माटोले हामीलाई चिनेको थियो या
हामीले माटोलाई चिनेको थियौं |
हाम्रो साझा कोठा , हाम्रो सबैको कोठा
तिल्चनले किर्तन रूम भन्थ्यो
लाक्पाले सिटिंगरूम भन्थ्यो
ठुले भाईले हाम्रो म्याथ प्राक्टिस रूम भन्थ्यो
जे भने पनि सीमित एउटा कोठा थियो
वरिपरि बाँसका भाटाले बारेको
एकतिरको भित्ताभरि गान्धीको, बुद्धको, बिष्णुको, येशुको
लिंकनको, ठाकुर बाबाको, राजा बिरेन्द्रको
फ्रेम गरिएका तस्विरहरु थिए
अर्कातिरको भित्तामा नायगरा फल्स,
ओपेरा हाउस, ताजमहल, ग्रेट पिरामिड,
फेवाताल, मोनालिसाका तस्बिरहरु थिए
अनि क्लास २ मा हुँदा
सन्तबीर दाइले दिनु भएको भुटानको मेप|
साँच्चै समाचारपत्रले सजाको हाम्रो कोठाको
प्रत्येक खबर पत्रिकामा साथीको सम्झना थियो,
आमाबाबाको माया थियो, छर छिमेकको प्यार थियो
पुराना पुराना टालाहरुमा पनि देशको याद आउँथ्यो
तर अहिले यो बिरानो देशमा न त साथीभाइ छन्
न त तस्विर हरु नै फ्रेम गर्न मन पर्छ
यहाँ न कसैले बुद्ध चिन्छन् न कसैले दु:ख बुझ्छन्
अहिलेको मेरो कोठा खाली छ, शून्य छ
एउटा लाटो भाडाको बुढो खाली कोठा जस्तो
हरेक साँझ उही ठाउँको याद आउँछ
हरेक बिहान मलाई उही सिसौ घारीमा आगो तापूँ तापूँ लाग्छ
यो मुलुकमा आगो नतापेको वर्ष पो भएछ
हिजो मात्र कोठाको बार्दलीमा मगन्ते कुर्सीमा बसेर हेरेँ
माटो, हावा, पानी, आकाश, घाम, जुन,
लाग्यो समान रहेछन् ….. उताको या यताको
मलाई रातहरुमा सम्झना यादका फूलहरु बोकेर
बिउँझान आउँछिन्
अनि भन्छिन् तिमीले मलाई किन सधैँ बोलाउँछौ ?
तिम्रो समिपमा यो समय मलाई बस्न अधिकार छैन
म तिम्रो लागि खतरा रोग भैसकेँ … तिमीलाई था छ ?
म झस्कन्छु ,,,, म आतिन्छु
हतार हतार अस्पताल जाँदैछु र भन्दै छु डाक्टरलाई
डाक्टर साहेब म सम्झना सर्जरी गर्न चहान्छु |
प्रकाश भाइ,
“तिल्चनले किर्तन रूम भन्थ्यो, लाक्पाले सिटिंगरूम भन्थ्यो, ठुले भाईले हाम्रो म्याथ प्राक्टिस रूम भन्थ्यो
जे भने पनि सीमित एउटा कोठा थियो”
It takes you back. A narration, that reminds those who endured it.
Have read and will read it again.
One question, SAMJANA SURGERY – Yo titel kasari phuro, bhai??
Lakshmi Prasad Dhakal, Amsterdam
सर हरेक साझ मलाई किन हो किन उवी ठाउँ को याद आउछ ……. बेलडाँगी को दमक को अनि बाल सखाको…एक साझ डेनमार्क मा रहनु भएको कबि मन संग भेट भयो अनि आयो सम्झना सर्जेरी भन्ने सब्द ……सर कविता मन पराइ देनु भाको मा ऋणी छु है….