सेङ्तेन, कादोकी हजुरआमा र म

शिवलाल दाहाल
खुदुनाबारी, झापा

सेङतेन साम्चीदेखि झण्डै एक दिनको पैदल यात्रा गरेर पुग्नु पर्ने ठाउ हुने जो तुर्सा खोलका दक्षिण र साँगुरीका उत्तरमा पर्दछ । यातायात र सञ्चार सुविधा नभएको पैदल हिंडेर जानु पर्ने ठाउ“ भन्दा कतिले त नाक खुम्च्याउलान् मैले त त्यही ठाउँमा जीवनका दुई वर्ष विताएको छु । डोया गाउँका शिरमा पर्ने सेङतेन समुद्री सतहदेखि निकै उच्चाइमा पर्दछ । यो हिमाल होइन, पहाड हो त्यसो हुँदा मलाई सेङतेनलाई हिमालकी छोरी भन्न मन लाग्छ । मेरो दुई वर्षे सेङतेन बसाइमा हिमालकी छोरीको प्रसन्त स्नेह पाएको छु । त्यहाँबाट पुर्वमा हेर्दा तुर्सा पारीका नागवेली परेका पहाडी छपर र त्यसको पुछारतिर छरिएका गाउँ बस्ती सहजै देखिन्छ । त्यस्तै उत्तर–पश्चिम,उत्तरपट्टि हिमश्रृंखलाहरु फैलेका देखिन्छन् जस्को अपार सौन्दर्य रासीले हामीलाई सधै मुग्ध पार्दछ । पहाडबाट झरेका झर्ना, हरियो वनजंगल, गाउ“ बस्तीको दृष्य अवलोकन गर्ने जो कोहीको मन पनि आनन्दले प्रमत्त हुन्छ । यहाँ हिउँदमा निकै चिसो भए पनि हिउँ भने पर्दैन । वर्खाको समयमा पनि गर्मीको महसुस हुंदैन । सन् १९८७ मा सेङतेन डोया जडमारी स्कूल र एउटा स्वास्थ्य केन्द्रको स्थापना भएपछि मात्र विस्मृतिको गर्भबाट सेङतेनको नाम सजीव भएर ब्यूँझियो । सेङतेन डोया गाउँहरुका शिरमा परे पनि यहाँ डोया जाति होइन बरु राईहरु वसोवासो गर्छन् । अहिले सेङतेन भन्ने वित्तिकै डोया गाउँ हो भनेर चिनिन थालेको छ । एक किसिमले यो ठिकै पनि हो । सेङतेनसित डोयाजतिको पहिचान अन्तर्निहित भएर गाँसिन पुगेको छ एउटा स्कूलको स्थापनाले । अनि सेङतेनसित मेरो पनि कहिल्यै नटुट्ने नाता गाँसिएको छ त्यहाँको दुई वर्षे बसाइले ।
सन् १९९१ को अप्रिलमा देन्छुखाबाट कक्षा पाँचको अध्ययनका लागि सेङ्तेन जानु पर्ने भयो । आ–आफ्ना अभिभावकले हामीलाई सेङतेनमा पु-याएर फर्किए । त्यहाँ हामी ६ जना गएका थियौं । त्यहाँका साथीहरुले हामीलाई टाडाबाट आएका भनेर ठूलो स्वागत गरे । घर छोडेर छाढा नबसेको मान्छेलाई पहिला–पहिला नरमाइलो लाग्नु स्वभाविकै थियो तर केही दिन पछि सामान्य रुपमा दिन बित्न थाले । सेङतेनमा पुगेपछि त्यहाँका प्रधानाध्यापकले हामीलाई हस्टेलमा बस्ने प्रबन्ध मिलाई दिनु भयो । त्यहाँ हाम्रो अन्तर्वाता पनि भएन र सोझै हामी कक्षा ५ मा पढ्न थाल्यौ । हस्टेलमा भने डोया विद्यार्थीलाई मात्र बस्न दिइने र अन्य विद्यार्थीहरुलाई नदिने व्यावस्था रहेछ । डोया जातिका अतिरिक्त विद्यार्थीहरु जति टाडा भए पनि घरैबाट धाउनु पर्ने र दिउसोको खाना मात्रै हस्टेलमा दिइदोरहेछ । त्यहाँ दुई घण्टा जति टाढाबाट धाउनु पर्ने बाध्यता भोगिरहेका विद्यार्थीहरुले हस्टेलमा बस्ने सुविधा नपाएका अवस्थामा हामीले हस्टेल पाउनु प्रधानाध्यापकको अनुग्रह मात्रै होइन हाम्रो भाग्यको कुरा पनि थियो ।
सेङतेनसंग डोयाजातिको पहिचान गासिन पुगेको छ भनेर मैले माथिनै उल्लेख गरिसकेको छु । अब तिनै डोया जातिका बारेमा अलिक वस्तुत विवरण नदिँदा यो समस्मरण अपुर्ण नै होला । डोयाहरु भूटानका अल्पसंख्यक जाती हुन् । डोयाहरु नै भूटानमा बसोबासो गर्ने पहिलो जाति हुन् भन्ने मानिसहरुको भनाइ छ । यस भनाइमा कतिसम्म सत्यता छ त ? डोयजातिको इतिहास खोज्न सन् १०९७ मा नान्यदेवले सिंम्रौनगढ वा कर्णाट रँज्यको स्थापाना गरेको ऐतिहासिक तथ्यसम्म पुग्नु पर्ने हुन्छ । उक्तराज्य हाल नेपालको तराइको बारा जिल्ला अन्तर्गतको क्षेत्रमा फैलिएको थियो भन्ने इतिहासकारहरुको भनाइ छ । कतिपय इतिहासकारहरुले त सिम्रोनगढ राज्य वर्तमान नेपालका बारा,रौतहट,सर्लाही,महोत्तरी,सप्तरी र भारतको दरभङ्गा,मजफर्पुर,चम्पारण,मधुवनी र पूर्णिय जिल्लाका भूभागहरुमा समेत फैलिएको कुरा उल्लेख गरेका छन् । तिनै कर्णाटवंशीहरुलाई उपत्याकाबासीहरुले डोय भनेर सम्बोधन गरेको पाइन्छ । तिरहुटको सिम्रौनगढमा राज गर्र्ने कर्णाटवंशीय राजाहरुमा हरिसिंहदेव अन्तिम राजा देखिन्छन् । यिनको शासनकाल सन् १२८४ देखि १३२६ को मध्यमा मानिएको छ । सन् १३२४मा दिल्लीका गयासुध्दिन तुगलकले सिम्रौनगढमा आक्रमण गरेर त्यस राज्यलाई ध्वास्त गरेपछि हरिसिंहदेव आफ्ना मन्त्री र परिवार सहित पूर्वी नेपालको दोलखाको राजग्रामतर्फ लाग्दा बाटोमा तिरपाटानिर सन् १३२५ माघ महिनामा यिनको मृत्यु भयो । पछि हरिसिंहदेवकी रानी देवलदेवी र छोरा जगतसिंहलाई रुद्रमल्ले काठमाडौं बोलाई राजनीतिक शरण दिएको कुरा इतिहासमा पढ्न पाइन्छ । देवलदेवीले आफ्नी कुलदेवी तलेजुको कलश भक्तपुर दरवारमा पहि लो पटक स्थापना गरेकी हुन् र पछि नेपालका सबै मल्ल शासकहरु तलेजुका उपाशक भए । तलेजुलाई पछिसम्म “डोयमाजु” भन्ने गरेको पाइन्छ ।
तिरहुतिया(डोय)हरुको बारेमा रमाइलो प्रसंग के छ भने यिनीहरुले काठमाडौं उपत्यकालाई सात पटक आक्रमण गरेका थिए । सन् १३१० मा भएको डोयहरुको आक्रमण काठमाडौंवासीहरुका लागि निकै महंगो सावित भयो । तिरहुतिया सेनाको नेतृत्व यस पटक हरिसिंहदेवका मन्त्री चण्डेश्वरले गरेका थिए । १ वर्षभन्दा बढी समयसम्म डोयहरु यहाँ बसेर आफ्नो खर्च प्रजासंग उठाउने ,भाइभारदारहरु थुन्ने, जताततै आगो लगाउने, देवश्वहरण गर्ने जस्ता कार्यहरु गरे । यसवेला पशुपतिनाथका २१ वटै ढिकुटी फोरेर यिनीहरुले सबै सम्पति लगेको कुरा इतिहास बोल्दछ ।
अब प्रश्न उठ्दछ भूटानको वर्तमान साम्ची जिल्ला अन्तर्गत रहेका यी लुचुकुचु, साङ्लोङ,साताखा, पानबारी आदि बिकट ठाउ“हरुमा कस्टकर जीवन यापन गरिरहेका मानिसहरु के माथि उल्लेख गरेकै डोयाहरुका सन्तान हुन् त ? यहा“ इतिहासको खोजी हुन आवश्यक छ । एकातिर तिनीहरुकै सन्तान हुन सक्ने सम्भावना जिवित छ भने अर्कोतिर यो जातिका मानिसहरु विकासक्रममा पछौटे परेका हुनाले भूटानमा नेपालीभाषीहरु र अन्यजातिहरुले यिनीहरुलाई होचियाएर डोय भनेको हुन सक्छ । स्मरणीय के छ भने डोय सिंम्रौनगढका तिरहुतियाहरुलाई काठमाडौंबासीलले होचियाएर भन्ने शव्द हो ।
डोयाहरुको बसाइ निकै पुरानो हुने भन्ने बारेमा शंका गर्ने ठाउँ छैन । डोयाहरुको बस्ती तुर्सा वारी–पारी निकै फैलिएको थियो । उनीहरुको शासन व्यवस्था चलाउने डोया राजाहरु पनि थिए । देन्छुखाको गाम्जी गाउँमा डोया राजाको दरबारको भग्नावशेष अझै पनि छदैछ । त्यो ठाउँ अहिले दरवारका नामले चिनिन्छ । त्यस्तै डोमाराजाले राखेको पानी घट्टाको भग्नावशेष भएको दरवारे नजिकैको खोलालाई घट्टे खोला भनेर चिनिन्छ । तर डोया राज्य भूटानमा कसरी स्थापन भयो र समापत हुन पुग्यो यकिन गरेर भन्न सकिदैन । तथापि पूर्वी भूटानमा पेन्लोपहरुको शक्तिको उदय भए पछि तिनैहरुबाटै डोया राज्य समाप्त भएको हो भन्ने अनुमान लगाउन सकिनछ । डोया राजारानी भागेर सम्ची नजिकैको धामधुममा पुगेर अल्पेका हुन् भन्ने किम्बतन्ती छ । त्यही किम्बदन्तीको विश्वास गरेर कतिप्राय ड्रुकपाहरु त्यस ठाउँमा विग्न वाधा नपरोस् भनेर पूजाआजा समेत गर्छन् । पूर्वबाट लखेटेपछि र उनीहरुका राजा परास्त भएपछि डोयाहरु तुर्सा पारीको गाउँ छोडेर तुर्सा वारीका पखापखरीमा जम्मा भएर बसेको जस्तो देखिन्छ । वास्तवमा तुर्सा नदीका आसपासका विकट पाखा पखेरामा डोया सभ्यता हुर्केको देखिन्छ । यी अल्पसंख्याक जातिले सम्भवत आफ्नो अस्तृत्व रक्षाका लागि यस्तो अभेग ठाउँ रोजेका हुन् । तुर्सा निकै ठूलो नदी हो जहा“ मानिसहरु तर्न सक्तैनन् । तुर्सापारि राजाको दरवार भए पनि त्यहाँ अहिले डोयाहरु बसेको भेटिँदैन । यसबाट पनि तुर्सापारि विस्तार भएको डोया बस्ती पूर्वबाट भएको आक्रमण पछि तुर्सा वारी मात्र सिमित भएको हो भन्ने संकेत मिल्दछ । यिनीहरु मंगोलीयन जातिका हुन् । उनीहरुको आफ्नै भाषा छ तर लिपि चाहिँ छैन ।
फेरी म हस्टेलकै प्रसंगमा फर्किन्छु । डोया विद्यार्थीहरु मिलनसार र सहृदयी रहेछन् । उनीहरुसंग हस्टेलमा हाम्रो कहिल्यै पनि झगडा भएन । हस्टेलको व्यावस्थापन पनि रामै थियो । त्यहा“ सोलर लाइट पनि राखिएको थियो । त्यो वर्ष हाम्रो रमाइलोसंग वित्यो । दुःख लाग्दो कुरा चाहिँ के भयो भने हामी सेङतेन गएका ६ जना मध्ये चार जना मात्र कक्षा पाँच उत्तीण भयौं ।
अर्को वर्ष त्यहाँ कक्षा छ नहुने भए पछि हामी साम्ची झर्नु पर्ने भयो । हामी साम्ची झर्नु दुई दिन अघि नै हाम्रा सहपाठी डोया विद्यार्थी साथीहरुलाई साम्ची पढाइयो । साम्चीमा उनीहरुलाई अन्तवार्ता नगरिकनै कक्षा ६ मा भर्ना गरिएछ । दुई दिन पछि हामी साम्चीमा आउँदा उनीहरु कक्षा ६ मा पढिरहेका थिए । दोर्खा र सेङतेनबाट आएका अन्य सबै विद्यार्थीहरुले भने लिखित अन्तर्वातामा बस्नै पर्ने भयो । अन्तर्वातामा सेङतेनबाट आएका हामी ९ जना मध्ये दुईजना मात्र उत्तीण भए । हामी असफल घोषित भयौं । अन्तर्वाताका क्रममा भएको नाटकीयताको पीडा र दर्द भन मन भरी बोकेर फेरी सेङतेन फर्निनु पर्ने भयो ।
सेङतेन पुगेपछि अर्को वर्ष कक्षा ६ यही राख्छौं, यो वर्ष तिमीहरु फेरि दो-याओ भनेर तहाँका शिक्षकहरुले हामी कर गरे । घरमा गएर नपढी बस्नु भन्दा फेरि कक्षा ५ दोहो-याउनु बेस होला भन्ने निधो गरेर त्यहीँ बसेँ । यसरी सेङतेनको एक वर्षको बसाईमा अर्को वर्ष पनि थपियोः संयोगले, परिस्थितिले र वाध्यताले । अघिल्लो वर्ष पास भएका तर साम्चीमा अन्तर्वातामा असफ भएका विद्यार्थीहरु फेरी कक्षा ५ मै पढ्न आए । जतिनै मनदुखे पनि, जतिनै चोट परे पनि सहनै प-यो देन्चुखाबाट आएका मध्येबाट हामी दुई जना मात्र रह्यौं । त्यस वर्ष म कक्षा ५ मा प्रथम श्रेण्ीमा प्रथम भएर उत्तीर्ण भएँ । यसरी म र मेरा धेरै साथीहरुले कक्षा ५ दुई चोटी उत्तीर्ण गर्नु प-यो ।
अब मेरो परिचय विस्तार हुँदै गयो अनि त्यहाँका विद्यार्थीहरु र शिक्षकबाट झन् बढी माया र स्नेह पाएँ । डोया साथीहरु अत्यन्तै मिलनसार र सहृदयी थिए । मैले दुई वर्षको बसाइमा डोया भाषा पनि धेरै सिक्ने अवसर पाएँ । छुट्टिका समयमा डोया साथीहरुसंग उनीहरुका घरमा पनि जान्थ्येँ । गरिबी र अभावको पीडा खेपिरहेका उनीहरुको दयनीय जीवनदेख्ता मलाई दुःख लागेर आउन्थ्यो । धान खेती नहुने ठाउँ भएकाले मकै, कागुनी र सिमलत तरुल खाएर उनीहरुले गुजारा चलाउनु प-थ्यो । मकै छर्न पालै पालो गरेर भस्मे हान्थे । डोया गाउँमा खाएको सिमलतरुल, कागुतीको भात र वासका चिउरा मले बिसिएको छैन ।
पहिलो वर्ष उल्लेखनीय केही घटनाहरु घटेनन् भने पनि हुन्छ तर दोस्रो वर्ष मैले धेरै चोट खेप्नु प-यो । त्यही वर्ष सेङतेनबाट हस्टेलमा बस्ने विद्यार्थीहरुलाई शैक्षिक भ्रमणमा भुटानमा विभिन्न स्थान घुमाउन लगियो । हस्टेलमा बसे पनि म भने यस पाली पनि ठगिएँ । मलाई पनि शैक्षिक भ्रमणमा समावेश गरेको भए केही नहुनेरहेछ, कसैले केही नभन्दोरहेछ । पछि भ्रमणबाट फर्किए पछि लोपेन निडुपले मलाई भ्रमणमा नलगेकोमा धेरै पछुतो मान्नु भयो । त्यस्तो आँट उनीहरुमा थिएन किन भने अघिल्लो साल जोङदा जाँदा हामीलाई स्कूलमा नबस्नु भने पछि दिन भरि गाउ“मा पसेर बसेका थियौं । त्यहाँ डोया र राइहरु मात्रै भएको ठाउ“मा हामी छेत्री, बाहुनको सजिलै पहिचान भइहाल्थ्यो । सन् १९९० को आन्दोलन पछि दक्षीण भूटानका धेरै स्कुलहरु बन्ध भएका थिएँ । त्यसबाट धेरै विद्यार्थीहरुले शिक्षाबाट बञ्चित हुनु प-यो । अलिक कुनामा पर्ने विद्यालयको स्थिति पनि यस्तै थियो । तर त्यो समयमा शिक्षकहरुले जो जस्तो सहयोग पु-याएका थिए त्यो अविस्मरणीय छ ।
एक दिन मेरा साथी कादोले उनको साङलोङ गाउ“मा लगे । उनको घरमा पुग्ने ठाउँमा सुन्तोला बगान रहेछ । भक्कु सुन्तोला खाएर एघार बजीतिर घरमा पुग्यौं । अग्लो डाँडामा काठको दुई तले घर रहेछ । कादोले उनकी हजुर आमाका बारेमा मलाई पहिला नै भनेका थिए । मेरो ध्यान १०८ वर्षकी उनकी हजुरआमा हेर्ने थियो । सि“डी चडेर घरभित्र पस्न साथ एक वृद्ध आकृति मेरा आ“खा अगाडि झल्यास देखा प-यो । तिनै हुन कादोकी हजुर आमा ः मैले अनुमान लगाएँ । कादोले हजुर आमाका हातमा सुन्तोला राखिदिए । वृद्ध हजुर आमाले सुन्तोलाको बोक्रा तासिन् र दुई–दुई केस्रा गरेर छुटयाइन् अनि केस्रामा भएको सेतो जालो फ्याकेर खाएको देख्ता म छक्क परेँ । हामी आँखा देख्नेहरु पनि त्यति मिहनेत गरेर सुन्तोला खादैनौं । सेतै फुलेको केसरासी, गाला र अनुहारको छाला सोहोरिएर किनार लागेको, घाटीमा छालाको लुउँदो लागेको अनि नाङगा पाखुलाबाट एक फिट जति तल झरेको छालाको लोली देख्ता मलाई अचम्म लाग्यो । तरुण अवस्थामा उनी कति बलिष्ठ र ओजस्वी थिइन् ? अनुमान गर्न पनि सकिनँ । उनी सुत्ने बस्ने ठाउँमा एउटा माला झुण्ड्याइएको रहेछ ठूला ठूला राता पुवालाका दाना उनेर । त्यो माला उनको वरपर सर्ने साधन थियो । त्यो माला दिशा पिसाप गर्न बरण्डासम्म पुग्ने यान्त्र थियो । तरुण अवस्थाको बल र सामाथ्य पनि आखिर त्यसरी निसार भएर जाँदोरहेछ । कोदोकी हजुर आमा अझै जिवित छन् – जसले डोया राजाको भारी बोकेकी थिइन् । डोया राजा रानी कहिले मरे तर डोया राजा रानीको संस्मरण अझै पनि जिवित छ कादोकी हजुर आमासंग । यस अर्थमा कादेकी हजुरआमा डोयाजातिको सि¨ो इतिहास हुन्, गौरव छन् । तर अब त उनले धेरै कुरा विर्सिसकिन्, स्मरण शक्ति क्षीण हुदै गयो । कादोकी हजुरआमाका बारेम ा हाम्रै स्कूलका देवेनसरले पनि लेखेका थिए । त्यो पढ्न चाहिँ मैले पढिनँ । एक साताब्दी भन्दा लामो आयु दिने साङलोङको माटो, असले र कुत्ले खोलाको पानी, पहाडको हावा र हिमालको हार्दिकता संसारमा कति भेटिएला ? अपरिचित र अभेग ठाउँमा १०८ वर्ष बाच्ने मान्छेलाई कत्तिले पो चिन्लान र ? तर म किन विर्सिन्थ्येँ।
पहिलो साल हामी परिक्षाफल प्रकाशित भएको दिनको बेलुका जुनेली रातमा घर हिँडेका थियौं । राती बाह्र बजीतिर दोरोखाको सेलेलेको चिसो भूइँमा आकाशको छाना मुनि सिरेटोमा पल्टेका थियौं । त्यो साल म एक्लै भएको हुँदा फेरि एक चोटी कोदाकी हजुर आमालाई भेट्न पाएँ । दर्श गर्न पाएँ । भोलिपल्ट विहान त्यहाँबाट घर हिँड्नु थियो । विहानको भालेको डाकसंगै कादोकी माउजुले मलाई खाना तयार पारिछन् । कलिलो साग भुटेको, खोर्सानीको अचार र धानको भात विहानको झिस्मिसे उज्यालोमा मलाई टक्र्-याइन् । कादोको परिवारसंग छुट्टिएर हिँड्नु पर्दा मलाई नरमाइलो लागिरहेको थियो उता कादोकी हजुरआमा भने फेरि पनि आउँदै गर्नु हामीलाई नर्विसिनु है नानी भनिरहेकी थिइन् । भनिरहेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *