हराएको रात!!!
अनन्त आचार्य
अस्ट्रलिया
हराएको रात!!!
म क्षितिज खोजिरहेको छु
आफैं हराएर,
कालो रजनीभित्र खोजिरहेको छु
यो अर्कै रात हो
एक पछि अर्को हराउने गर्छ ;
दिउसै रात पर्ने गर्छ ;
मान्छे -मान्छेभित्र हराउने गर्छ
अस्तित्व पनि भर्खरै हरायो,
एउटा युगको समाप्त हुन्छ
फेरि अर्को युग बिउतँन्छ
रुन्छ-कराउछ बामे सर्न थाल्छ
थरथर काम्दै उठछ
जीवन संसारमा
फेरि भूकम्प चल्छ
प्रकृति निस्वार्थ छिन्
एउटा, अर्कै कुरा छ
तर यहाँ यस्तो छैन
कविता! जुन ताराहरु हुन्नन्
कति- कति
रातहरु बिते
प्रभाकर आउन्न
‘मलाई सन्च छैन
सितका मोतिहरु छैनन्
समय त लाग्छ नै
पर्खनु
म तिमीसंग कुनै दिन आउने छु।’
मलिन अनुहार मैले उनलाई हेरें-
तर ठम्यान सकिन
फेरि म…!!. !