हामी लकडाउन

हामी लकडाउन

बादल
ओमाहा,नेब्रेसका

कहिले परिवारका निम्ति समय नहुने
जहिले बिजी
जहिले बेफुर्सद I
म आमा हुँ ,
मेरो पनि इच्छा थियो
चाहना थियो
मेरो परिवारलाई पेटभर खाना दिने
चुलो-चौकाको वरिपरि बसेर
सँगै खाने सँगै रमाउने
तर मलाई
सानु भन्दा सानु वाहनामा
चटक्कै छोडेर हिँडिदिने
कहिल्यै समय नै नहुने
जहिले बिजी
कुनैदिन हाम्रो लागि समय छ,थियो ?
वर्षमा एक दिन
माता औँसीका दिन पनि
फेसबुकमा अरूले लगाएको फोटो देखेर
ह्याप्पी मदर्स डे भन्दै आउने
आफूले चाहेर ,मनले नभै
अरूको देखि-सिको गर्ने
आडम्बर खोक्रो ममता
त्यसैले नोबेल भाइरस , सुनामी अनि टोनार्डो आउँछ
नभए हैजा महामारी आउँछ
नभए लकडाउन हुन्छ
अनि नचाहेर पनि घरमै थुनिनुपर्छ
घरमै बस्ने ,
परिवारसँग समय बिताउने
बानी हुनुपर्छ
थोरै मात्र भाग्यमानी हुन्छन्
हाम्रो जस्तो बा-आमा परिवार
सँगै हुने, सँगै बस्ने
परिवारसँग बिताएको समय
आफ्नो हो,
आफ्नो लागि,
आफैँलाई
यसले जीवनमा ऊर्जा दिन्छ
हौसला दिन्छ,माया बढ्छ
आमा-बुबा कसरी घरमा थुनिएका छन्
कसैलाई थाहा छ ?
हामी कहाँ जाने
कसरी जाने
कसलाई भन्ने ?
तिमीहरूले त बा-आमा
जहिले गनगन गर्छन् भन्दा हौ
हामीहरूलाई अन्डस्ट्यान्ड गर्दैन अरे
तर,तिमीहरूले
हामी घरमा लक भएका आमा-बाबुको
कुरा कहिल्यै बुझ्यौँ ,अन्डस्ट्यान्ड गर्‍यौ
आज हैजा आएर घरमा बस्नुपर्दा
मरेजस्तै भएको छ
तै गनगन
मै गनगन

Leave a Reply

Your email address will not be published. Required fields are marked *