दृष्टिकोण

दिल भूटानी 

दृष्टिकोण
तिम्रो हेर्ने आँखा हो
तिम्रो सुन्ने कान हो
तिम्रो बोल्ने जिब्रो हो।

दृष्टिकोण
तिम्रो जीवन हो
तिम्रो उचाइ र गहिराइ हो
तिम्रो गतिशीलता हो
तिम्रो दर्शन हो।

दृष्टिकोण एउटा समस्या हो
र अर्को समाधान पनि हो।

तिमी जसरी
जुन कोणबाट हेर्छौ
तिमीले त्यसरी नै
त्यही कोणबाट देख्छौ
त्यसैले
तिम्रो दृष्टिकोणलाई
पहिला सही बनाऊ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *