बेमौसमी बाजा

कवि
कवि

दुर्गा सापकोटा
नर्थ डाकोटा, अमेरिका

तिमी र म करिब उस्तै हौँ
ताल नमिले पनि, धुन फरक भए पनि
तिमी र मैँले बोकेको बाजा उस्तै उस्तै
राम्रै बजे पनि उल्टै उल्टा गुन्जने
बेमौसमी बाजा
हिजो बारीभरि काँक्रा फल्दा
मेल र आँपलहरी बोटमै कुहिँदा
जेरी र चाउमिन खान बजार म धाउँथें
जब तिमी काँक्रो र मेल मगाउन
नाक लागेको मिठाई पन्छाउन
मलाई कोसेली पोको गाउँमा पठाउँथ्यौ
आज तिमी गाउँ पस्यौ रे
म चाहिँ हिजो मीठो लाग्ने
शहरी मिठाईले पुरिएर
गाउँबाट कुरियर्स्बाट मगाउँदैछु
मेल र नास्पाती “मिस्” गर्दैछु
लाग्छ यो जिब्रो मात्तिएको हो
जे मात्तिए नि जो पात्तिए नि
हामी उस्तै उस्तै नै हौँ
खाली नचाहिँदो ओर्याईं खोज्ने
जे नभ’को त्यही खुनिखोत्रो गर्ने
भजनालयमा डिस्कोको ताल ठोक्ने
अनि डिस्कोभित्र हरि भज्ने
बेसुर र बेतालका बेमौसमी बाजा

डि. पि.

Leave a Reply

Your email address will not be published. Required fields are marked *