भानु भएर आऊ तिमी

युग दवाडी, अमेरिका
समुम्नत मुलुकको सभ्य संस्कार
सयौं जात अनि  भाषीहरुमाझ
देवनागरी  अनि  अखण्ड रमायाण सिकाउन
आऊ तिमी भानु  भाएर आऊ
सीयाटल अनि बेलीभ्यू
गगनचुम्बी भावनाहरुमाझ
तथा प्रशान्त माहासागरका सुसेली
अनि तरङ्गहरुमाझ सत्कर्म र शिक्षाको उज्यालो ज्योति छर्दै
श्रीकृष्ण  ब्राहाण भाएर आऊ
सगरमाथा अनि माछापुछ्रे हिमाल नभाए पनि
तनहुँको अनि गाम बेंसी नपाए पनि
सम्झिन खोजेँ तिमीलाई भानु
माउन्ट रेनियर र क्यास्केडका थुम्काहरुमाझ
केन्ट, रेनियर अनि एभरेष्टका
भूटानी बस्तीहरु माझ, अमेरिकन भूटानी मनहरुमाझ  ।
आऊ भानु यी बिचल्लित बस्तीहरुमा
भानुभक्तीय रमायाणको लय सिकाउन
पराई भाषामा रमाउन लागेकाहरुमाझ
देवनागरी अनि रमायाण सिकाउनलाई
नेपाली भाषा अनि संस्कृति सिकाउनलाई ।

One Reply to “भानु भएर आऊ तिमी”

  1. rohini

    धेरै राम्रो श्रीजना छ युग दाई, मलाई धेरै मन पर्यो . अरु पनि श्रीजना गर्नु होला, मेरो सुभकामना छ तपाइलाई /

Leave a Reply

Your email address will not be published. Required fields are marked *