म आउनेछु साथी

कवि
कवि

खगेन्द्र गौतम
क्युबेक, क्यानाडा

म आउनेछु साथी,
म हाँस्दै हाँस्दै आउनेछु
राता मान्छेहरुका साथ्,
रातै भेषमा लाल झन्डा लिएर
म आउने छु ।

सायद त्यति बेला तिमी
जेल र नेलको पीडाले
छट्पटाइरहेका हुनेछौ,
तर म आउनेछु साथी
दुस्मनहरुको घेराबन्दी तोड्दै
म आउने छु ।

मलाई रोक्न सायद परर्खाल नै अगाडी किन न आओस्,
तर म आउनेछु साथी,
म हाँस्दै हाँस्दै आउनेछु

प्रचण्ड गर्मीको तापमा
भत्भती पोल्ने रापिलो किरण
बनेर आउनेछु ।
म आउनेछु साथी,
म हाँस्दै हाँस्दै आउनेछु ।

सामन्तीहरुले तिम्रो छातीमा
गोली बर्षाए होला अनि सङ्गिन रोपे होला
तर म आउने छु साथी,
लाल झुपडीका सारा मान्छेहरुका साथ
म आउनेछु ।

मृत्युमा पनि जिउन सक्ने
रक्त बीजहरुका साथ म आउनेछु,
गोला र बारुद पड्केझैँ
ड्याङ ड्याङ पड्किँदै
म आउनेछु ।

तिम्रो मुक्तिका लागि
सामन्तीहरुको धज्जी उडाउँदै,
लाल किल्लाहरुको बिस्तार गर्दै
म आउनेछु ।
जिन्दबाद र मुर्दावादका नारा लिएर
म आउनेछु ।

म हाँस्दै हाँस्दै आउनेछु साथी,
म हाँस्दै हाँस्दै आउनेछु ।
सामन्ती र निरङ्कुशताको बिनास गर्दै
पवनको वेगझैँ जनवादको
नयाँ युग लिएर म आउने छु ।
तिम्रो मुक्तिको लागि
म अवश्य आउनेछु साथी
म हाँस्दै हाँस्दै आउनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *