उपदेश

जय हुमगाई
क्यानडा
चौतारीले जस्तो शीतल छाया दिन नसके पनि
छाताले झैँ चर्को घाम तर्काई देऊ तिमी।
देशलाई सङ्कट परेको वेला सेवा दिन नसके पनि
शत्रुलाई अगि बढ्ने  साहस नदेऊ तिमी।।
सुर्यले जस्तो तेजिलो किरण दिन नसके पनि
चन्द्रमाले जस्तो शीतल उज्यालो देऊ तिमी
गुराँसले जस्तो डाँडा रातै पारेर फुल्न नसके पनि
गुलाबले झैँ घर आँगन रङ्गाइ देऊ तिमी।
 साँचो र इमानदार नागरिक बन्न सक्छौ तिमी
गैर कानुनी धन्दा कदापि नचलाऊ रति
अरूका लागी रति काम आउन नसके पनि
आफ्ना लागी आफै भार नबन कहिले कति ।
मन्दिर,पुराण  धाएर पुण्य कमाउन नसके पनि
भूत पिसाच र  अविश्वासको त्रास नफैलाऊ तिमी।
रगत पसिना बगाई धन कमाउन नसके पनि
प्रेम र मित्रताको गहिरो सम्बन्ध नघटाऊ तिमी।
यथार्थमा रमाएर जीवन धान्न नसके पनि
कल्पनाको गगन चुमेर जिउन सिक तिमी
सफल व्यक्ति बनेर जगतमा चिनिन्न नसके पनि
फलानु जिउँदै मरेको नामर्द नीच नबन तिमी।।

Don't have a Facebook account? Please, use the form below with other options!