तिमी कुलागाङ्ग्री
म सानो छँदा
मैंले सधैं सुनेको,
हरेक साल
हाँजिरी जवाफमा
तिम्रो नाममा
एक गौरवशाली
प्रश्न सोधिन्थ्यो
तिमी मेरो माटोको
सबैभन्दा उच्च हिमाल
तिमी कुलागाङ्ग्री।
मेरो भूगोल शिक्षकले
संधै तिम्रो गरिमा गाउँदथे,
तिमी, भूटानको अस्मिता
पहिचान र स्वाभिमान बोकेर
संधै अटल र अविचलित
एक धरोहरका रुपमा
साब्ड्रुङ देखि जिम्मेसम्म
आफ्नो मर्यादा नछोडी
म अनि मेरो माटोको
इतिहासलाई निहालिरहने
तिमी कुलागाङ्ग्री ।।
म ठूलो हुँदा
तिम्रो अस्मिता र सुन्दरतामा
आँखा गाडनेहरुको भिड,
तिम्रो छातीमा गाडिएका
यति अनि टाकिनका पाइलाछाप
निमिट्यान्न पार्न तम्सिएका
उत्तरका ठूल्दाइ
दक्षिणका सान्दाइ
अनि ….
आफ्नै कुर्सी जोगाउन
तिम्रो अस्मितालाई बन्दकी राख्न
पछि नपर्ने
यस देशमा सत्ताको बागडोर सम्हाल्नेहरुको
मैंले हेर्दाहेर्दै
सस्तो उपहार बन्न पुगेको
तिमी कुलागाङ्ग्री ।।।
तिमीले अंगालेको
भूगोल बेचिए पनि
यतिका पाइलाहरु मेटिए पनि
तिमीलाई जोम्होलरीले जिस्काए पनि
तिम्रो अस्मिता
तिम्रो पहिचान
मेरो बाल मस्तिकमा छापिएको
तिमी मेरो माटोको
उच्च हिमाल
मेरो माटोको मर्यादा
हाम्रो स्वाभिमानको धरोहर,
तिमी कुलागाङ्ग्री ।।।।
देशको भूगोलमा सम्झौता गरेर राजा भै खाने सासकमाथि को खिल्ली हो ‘तिमी कुलागांग्री’| एउटा सानो बालकले देशबिहिन भएको थाहा पाउदा उसको एक चोक्टो भुमि नै अर्कालाई दिसकेको रहेछ: यहि आवाजमा युग दवाडी स्वर उराल्दैछन यस कवितामार्फत | कुलागांग्रीमाथि स्वामित्व खोज्न युग दवाडी जस्तै सबै भुटानीमा जाँगर चलोस्|
Bhai,
Listened your poem during online recitation. It is profound love of the country. Unfortunately it is far, it beyond, it is fleeting away from the memories.
Your pen needs more of ink!!
Lakshmi Prasad Dhakal, Holland