दुई रुवाई

झगेन धिमाल
मेलबोर्न, अष्ट्रेलिया

हजारौँ छन् तर केवल माया किन उनकै,
यी आँखाका वरिपरि छाँया किन उनकै |
सपनीमा, विपनीमा, सम्झनामा, कल्पनामा,
हर्पल तस्बिर देख्छु दाँया-बाँया किन उनकै ||

सिङ्गो जीवन सुम्पिदिने मायालुको साथ मिठो,
अँधेरीको एकान्तमा हामी बीचको बात मिठो |
जूनको किरणसंगै उनी झुल्किन्छिन् जुनेलीमा,
दिनभन्दा पनि अचेल जुनेली रात मिठो ||

Leave a Reply

Your email address will not be published. Required fields are marked *