देश, प्रेम र पुर्नवाश

अर्जुन प्रधान / मिनिसोटा, अमेरिका

अँध्यारो रात
सुनसान बस्तीभित्र
चिर….र आवाज
त्यसमा आमाको वेदना

चित्कार अनौठो
भयले घेरिएको देशमा
मेरी आमा मलाई पिठ्यूँमा बोकेर
देशबाट बाहिरिनु भो

मेरो रुवाइको प्रश्नको
उत्तरमा आमा भन्नुहुन्छ
दशैं–तिहार मनाएपछि आउने
मामा घर गएको हो
हो नानी ।
भन्दै नजान्दो पारामा आँसु पुस्दै
भारतीय सिमाना छिर्नु भो

सिमानाको छेउमा बसेर
आमा तीनवटा धर्का र्कोनु हुन्छ
भारत, भुटान कि नेपाल त्यसमा
धर्काको अर्थ ३ मार्च १९९०
सोचेको भन्दा बेग्लै परिमाण
बोकेको भारी एक ठाँउ
देखि अर्को ठाँउसम्म
नभए शिविर हेर्नुहोस्

माटो, बाटो हुँदौ मेचीपुलसम्म
मेचीदेखि काठमाण्डौँसम्म
तर, १८ वर्षपछि
वलिदानी भए प्यारा छोरा
रगत बागेको थियो
९० को जस्तै गरी

सारा मनका दु:ख बटुलेर
साझा माला बनाएँ
लाटा–सोझा जनताका नेताले
जुटाए सुदुर भविष्य
पुनर्बासकालागि

देश भुल्नलाई पुनर्बास
पुनर्बासले दिन्छ नयाँ काम
त्यसमा मेसिनभन्दा चर्को दाम
खरानी भो अब देश, प्रेम र पुनर्बास
नसोचे पनि भो

मनमा भरिएको सिर्जना मात्र
लेखियो भन्छ इतिहास
नभए पुसिन्छ पसिना जस्तै गरी
नयाँ नैलो त हो प्रेमको प्रसंग
पुराना सम्झिए, नयाँ बनाइने हो
त्यसमा विश्वास, आशा र प्रेम
सबै भन्दा सर्वोत्तम प्रेम

Don't have a Facebook account? Please, use the form below with other options!