बलात्कार

कवि
कवि

विदुर काले पौडेल
न्यूजिल्याण्ड

आफ्नै सपनाले
म आफैँलाई कयौँ पल्ट
बलात्कार गर्दा सम्म चुपचाप-चुपचाप
सब थोक सहेर बस्ने
म जस्तै सोझा पाजीहरु हो
अब म तिमीहरू कै आगनबाट
एउटा जुलुस निकाल्न तयार भएको छु
यदि मलाई साथ दिन तयार छौ भने
यो जुलुसमा
न त उता जस्तो ढुङ्गा हान-हान नै हुन्छ
न त बम बारुद र बन्ढुक नै पट्कन्छ
न त कोही घाइते नै हुन्छन्
न त ठुलो-ठुलो अक्षरले कुँदेका
मुर्दावाद र जिन्दावादका नारा नै हुनेछ
केवाल हुने छ मिररा परेको
प्रवेश द्वारको माथि शुभ विवाह….
एउटा रेखा कोरिएपछि मात्रै
किन अफैँ सुरक्षित भएको महसुस गर्छ हँ?
सुगन्ध छर्ने ती पारिजातहरु
अब उसो निर्धक्कसंग बिना रेखा
हाँस्न सक्नु पर्छ
सुनगाभा र सुनखरी जस्तो भएर
मात्र यती फरक छ
म आफ्नै सपानबाट लुटिनेछु
तिमी!तिम्रो मर्जी बिना कसैबट।

Don't have a Facebook account? Please, use the form below with other options!