म आफैंमा एउटा ठूलो अन्तर्द्वन्द छ

टि.आर. रेग्मी
सिराकिउस् न्यूर्योक, अमेरिका
कसलाई मन नपर्दो हो
मेरो कल्पनामा
समुद्रको लहर
गुलाफ बहर
झर्नाको संगीत
पवनको शीतलता
क्षितिजमा दखिने त्यो इन्द्रनी
राम्री युवतीको मुलायम अनुहार
कति आनन्द मिल्छ त्यसमा
हर्ष र जीतको अनुभूतिले
यिनीहरुको निकट हुँदा संसार भुलाइ दिन्छ
अनि कहिले कहीँ डर पनि लाग्छ
समुद्रको त्यो गहिराइ
गुलाफका ती विशालु काँडाहरु
झर्नाको चटान फोर्ने त्यो तेज
पवनले ल्याउने त्यो आँधि तुफान
आकाश धर्ती कपाउने त्यो मेघ गर्जन
सुन्दर युवतीको कुरुप आत्मा
कति भयानक र वर्वर छन् यी सब
लक्ष्य र गन्तव्य नै बदलिदिन्छ
फेरि आश्चार्य पनि लाग्छ
यी सब किन आज चर्चाको विषय छन्
सबै प्राकृतिक छन् र सन्तुलक पनि
आपँैmमा नराम्रो के नै हुन सक्छ ?
मेरो दिगभ्रम हुन सक्छ
या त संकिर्ण सोच विचार
यस्तै यस्तै छाएको छ हिजो आज
प्रकृति आफैंमा निराश र लाचार भए भैmँ लाग्छ
हरेक कुराको परिभाषा बदलिएको छ
प्रयोजन बदलिएको छ
पत्ता लगाउन खोज्यो कि
गणित आफैंले फेल खान्छ
खोइ के को महŒव बढेको हो ?
के को घटेको ?
थाहा छैन कसैलाई
त्यसैले होला हरेक क्षेत्रमा विवाद छ
दया–धर्म, सत्य – असत्य, कर्म–अकर्म
केवल पैmलिएको छ मोहजाल
म आफैंमा एउटा ठूलो अन्तर्द्वन्द छ
थाहा छैन कहिले, कसरी
विस्फोट हुने हो ?

 

Don't have a Facebook account? Please, use the form below with other options!