वियोगान्त एक निरन्तर जिन्दगीको यात्रामा

प्रवेश राई
खुदुनाबारी

तेस्रो मुलुक पुनर्स्थापनाको चरित्र यो कस्तो
आफन्तले छाडी जाँदा मरे तुल्य जस्तो

वियोगमा झरेका आँसु हुन्न त्यती सस्तो
अब कहिल्यै भेट नहोला कि भनी छुट्ने त्यो क्षण कस्तो

जसलाई आफ्नो मान्थें मैले ऊ नै पराइ भएपछि
हात हल्लाएर विदा लिई अन्तै जाने भएपछि

टुकीको साथमा तिम्रै स्मृतिहरु सम्झिरहें रातभरि
लेखिरहें तिम्रै नाम मेरो आफ्नो हृदयका पन्नाभरि ।

Don't have a Facebook account? Please, use the form below with other options!