साथी चाहिया छ

दिपक थापा
अमेरिका
नाइटो देखिने गरी
संस्कृतिलाई भिरको चिचिण्डो बनाएर
घर न धन्दा
क्यामेराको अनुहारअघि
दुइटा अौँला उठाएर
पिठ बङ्याउँदै फेसबुकभरि फुलेकी
आफ्नै छोरी चेलीको फोटो
निर्धुम टोहोलाएर like ठोक्ने
आजकालका केटा केटीझै
जान्नु न तान्नु
मेरा सबै फोटोहरूमा
Comment र Like
हान्ने एउटा दिलदार
साथी चाहिया छ
पढे,जानेका र सुनेजति
तिनका पेवाझैँ
अङ्ग्रेजी छाडा शब्दहरू
आमाले भात पकाउन लगाउँदाको रिस
पोख्ने भाँडो फेसबुकभरि इज्जतको प्रवाहबिना
आफ्नै छोरी चेलीको चर्तिकलामा गर्वका साथ
wall post मा खोजी खोजी
मिल्थ्यो भने पाँच like ठोक्न कसिने
आजकालका केटाकेटीझैँ
सोध्नु न खोज्नु
मेरा सबै स्टाटसमा
Comment र like
हान्ने एउटा दिलदार
साथी चाहिया छ
सोझा बा-आमाको आँखामा
छारो दली गृहकार्यको बहानामा
बिहानको ३ बजेसम्म online मा
Lol का पहाडहरु फोर्दै
Chat मा रमेकी
आफ्नी छोरी चेलीको चाला बुझेर पनि
कानमा तेल हाली
आफ्नो iPad घोचिरहने
आजकालका केटा-केटीझैँ
बुझ्नु न सुझ्नु
मेरा सबै chat हरुमा
हो मा हो
हान्ने एउटा दिलदार
साथी चाहिया छ