सिर्जना यस्तो हुनु पर्छ !

गोविन्द लुईटेल
ओहायो, अमेरिका

वसन्तमा हरेक फुल फुले झैँ
हर सिर्जना फुल्न सक्नु पर्छ
हरेक मन मस्तिष्कमा सुवास छर्न सक्नु पर्छ
सिर्जना यस्तो हुनु पर्छ !

सबै गलाहरूले उनेर लाउन सक्नु पर्छ
प्रत्येक कानहरूले टिपेर सिउरिन सक्नु पर्छ
उसको शोभाले संसार उज्यालो पार्न सक्नु पर्छ
सिर्जना यस्तो हुनु पर्छ !

सौन्दर्य के हो, रस अनि गुण के हो भन्न सक्नु पर्छ
नम्रता के हो,सेवा के हो खुट्ट्याउन सक्नु पर्छ
सबैलाई सम्मान भाव अनि दयाको सन्देश दिन सक्नु पर्छ
सिर्जना यस्तो हुनु पर्छ !

Don't have a Facebook account? Please, use the form below with other options!