सुन्दरता

एल.बी. ‘रिखाम’ मगर; शनिश्चरे शिविर, नेपाल-

सुन्दर वस्तु
कसलाई मन नपर्ला
भ्रमराहरु-
मान्छेहरु
एकनासले झुप्पिरहेका हुन्थे,
गुलाबका वरिपरि
कसैले छुन खोज्थे-
कसैले टिप्न खोज्थे,
मग्मग आइरहेको वास्ना
नाकैमा झुण्डिरहन्थ्यो,
समयले कोल्टे फेर्यो ,
भ्रमराहरु,
मान्छेहरु,
झुप्पिन छाडे
मग्मगाइरहने वास्ना
अर्कै गनाउन थालेछ-
सुस्तरी हेरेँ
विचरा !
ओइलिएर छरपस्ट परेका पत्रदलहरु
लाजले घोप्टो परिरहेका थिए !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *