हिउँफूल

सन्चमान खालिंग
अमेरिका

जब जब हिउँ पर्छ
ऊ ज्याकेट ओढेर बाहिर दगुर्छ
हिउँफूल टिप्न भनेर
छण भरमा घरतिर कुद्छ
मेरा लागि
अँजुलीमा उपहार बोकेर
मनोहर मुस्कान लेपन थपेर

मेरो अगाडी उभिएर खोल्छ अँजुली
अनि रुन्छ
“खोइ मेरो हिउँफूल” भनेर
उसलाई के थाहा
संसारमा रूप बदल्ने बस्तु छन् भनेर

त्यो सानो अँजुली
हिउँले ठिहिराएको
साना साना चिसो औँलाहरू सुम्सुम्याउदै
म सान्त्वना दिन्छु
त्यो रुन्चे निर्दोष अनुहारमा
“तिमी नै हौ मेरो उपहार” भनेर

Don't have a Facebook account? Please, use the form below with other options!