आज मैले
चन्द्रमा झैँ मुहार देखेपछि
त्यो सौन्दर्यमा एउटा लेख लेखेँ आज मैले
हिस्सी मुस्कानमा रसिलो नयन पारेपछि
त्यो बारुली कम्मरमा नजर सारेँ आज मैले
कोइलीको झैँ मधुर स्वर सुनेपछि
जीवन भर उसकै काखमा रम्ने सपना बुनेँ आज मैले
कर्के आँखा लाउँदा भुतुक्कै लजाएपछि
त्यो खाली सिउँदो भर्ने रहर सजाएँ आज मैले।

