गजल-११७
दिपक थापा अमेरिका
भिड हाम्रा मान्छेहरुका काम नै फरक होला ओडाइने ती हाम्लाई कपडा नाम नै फरक होला दु:ख भित्र वियोगको आँसु पक्कै झर्लान् साँझपख शोख,भोजमा माम नै फरक होला आफन्त कै काँध फेरि पर्ला विदाईमा बिसाइने त्यो अर्थी, ढोली ठाम नै फरक होला मेरो माया लत्याएर पराइको हुन्छौ भने हामी माझ बिदाइको परिणाम नै फरक होला

