झूट्टो महावाणी

नोर्थ केरोलिना, अमेरिका

शान्ति छाउनेछ जनताको झण्डा फहराउँदा
खुशी हुन्छन् संसार तानाशाहीलाई हराउँदा ।

हे साथी हो अब किन झूट्टो महावाणी सुन्छौ,
हाँस्छन तानाशाहीहरु जनतालाई मराउँदा ।

जसले मार्छ चुस्छ पुग्छ त्यो दरवार नजिक
त्यसले पाउँछ पदोन्नति जनतालाई लराउँदा ।

यो युगमा साथी हो दरवारलाई संग्रहालय बनाऊँ
संग्लिन्छ जनताको पसिना एक्तन्त्र गिराउँदा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *