केही हाइकु

जून पोखियो
सेताम्मे धर्तीभरि
तिम्रो रोदन!

हावाका फूल
बादलको देशमा
तिम्रो चाहना!

वसन्ती हावा
दागयुक्त चन्द्रमा
तिम्रो क्रन्दन!

काँपिरहेछ
गजलको खम्बामा
झिनो साहित्य!

छेउमा मुसा
नजिकै छ गोमन
तिमी खोइ हँ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *