तिम्रा यादरु….

तिम्रो यादहरुलाई घाटी निमोठेर
मार्न मन लाग्छ
सायद सधैं सताएर होला
सपनामा पनि आउछ यार

बाँधेर राख्ने गर तिम्रा याधरुलाई
होइन भने मेरो होसियार सुनाइदेऊ
अर्को पल्ट पनि मलाई सताउन आए
निमोठेर मार्दिन्छु,

आज किन यति निष्ठुरी
कुरा गर्‍यो भन्ठान्छौ होला
मान्छेहरु निश्चित बिन्दु
र बर्बरताको सिमाना नाघ्यो भने
प्रतिकार गर्न बाध्य हुन्छ
त्यसैले बाँधेर राख तिम्रा यादहरु

हर बखत केहि लेख्न खोज्यो भने
अगाडि पर्खाल बनेर आउँछ सधैं
मेरो केही अरू काम छैन जस्तो
तिम्रो याद मात्र आउछ, तिमीलाई
मात्र सम्झन्छु यार,

प्लिज बाँधेर राखिदेऊ
मेरो बिन्ती छ तिमीलाई
अरु काम गर्न देऊ मलाई
तिमीलाई दिने समय त
छँदै छ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *