गजल-१५३

रमेश गौतम
नर्वे

आज यौटा विशेष गजल लेख्नै पर्छ, कनिरा’छु
कति बाँचे दिवास्वप्न सबै सबै गनिरा’छु

धेरै गर्‍यौं साहित्यमा हल्लाहरु जथाभावी
अब सत्य परिस्कृत सयर गरौँ भनिरा’छु

यौटा उमेर त्यसै बित्यो, सपनामा झुल्दाझुल्दै
इमान बाँचोस् तिमीसंगै, बाटो यौटा खनिरा’छु

सपना छन् सम्मोहनका, मोहिनी त्यो रुप तिम्रो
असीमित त्यो समुद्रमा, मचैं विमूढ बनिरा’छु |

 

One Reply to “गजल-१५३”

  1. Pasupati Acharya

    गजल सारै ठिक छ गजल ले कसैलाई सम्जायाको जस्तो छ. कता कता ढिलो होला जस्तो हुन्छ.

Don't have a Facebook account? Please, use the form below with other options!