गीत

गीतकार
गीतकार

अनु राई
डेनमार्क

किन आफ्नो ठान्नु मैँले तिमीले नाता तोडेपछि
माया गर्ने मुटु अनि दरिलो साथ छोडेपछि

रचेर प्रेममा नाटक, खेलेकोथ्यौ खेल
जहाँसम्म सक्थ्यौ तिमीले गरी रहयौ झेल

दुख्दा म, अन्जान बनी तिमी हाँसिरहयौ
हाँसी हाँसी मेरो मनलाई सक्दो लाछी रहयौ

अर्काको नि मन हो दुक्छ तिमीले बुझ्नु पर्छ
चर्खा हो यो जिन्दगी सबले एक दिन झुक्नु पर्छ

दुख्यो रे तिम्रो मुटु मेरो मन दुखे जस्तै
रोयौ रे रात भर नै मेरो आँसु सुके जस्तै

भिझ्यो होला तिम्रो पनि रातमा सिरानी
ठान्थ्यौ आफ्नै भेटेपछि साथमा बिरानी

लागेको मैलो जस्तै एकै झटमा फालेकोथ्यौ
फेरि कतै लाग्छ भनी सलै कोरी बालेकोथ्यौ

मरेकी थिए, म त फेरि पनि फुल्दै छु
सम्झेर होइन तिमीलाई बिर्सेर पनि भुल्दै छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *