मेरो विश्वविध्यालय यात्रा: प्राप्तिको एक शिखरसम्म
शिवलाल दाहाल
विर्तामोड, नेपाल
अघिल्लो एक अध्यायमा मैले नेपाल प्रवेश गरेपछि रुखको फेदमा एक वर्षे शैक्षिक सत्र कसरी बित्यो भन्ने बारेमा उल्लेख गरिसकेको छु । त्यो खुल्ला आकाश मुनिको विद्यालयमा घाम, पानी र हुरीसँग जुद्दै प्रकृतिको वक्षस्थलमा लिएको ज्ञानको भण्डार भव्य भवनमा पढाएर दिइने ज्ञानको भण्डार भन्दा पक्कै कम थिएन । शरणार्थी क्याम्पमा अरु केही काम थिएन, त्यसकारण पढ्नमा ध्यान दिनु पर्छ भन्ने कुराको राम्रो अक्कल थियो मलाई त्यसबखत । हाम्रा लागि शिक्षा नै सबै कुरा थियो । अर्को साल हाम्रो विद्यालय व्यवस्थित रुपमा बनाइयो खरले छापेर पारिपट्टिको डाँडामा । बालबालिकाको औपचारिक शिक्षा कार्यान्वयनको जिम्मा कारितास नेपालले लिएको थियो । कक्षा आठसम्मको शिक्षाको खर्च युएनएचसिआरले धान्ने गर्थ्यो भने कक्षा नौ र दशको शिक्षाका लागि कारितास आफैंले खर्च जुटाउँथ्यो । यसरी शरणार्थी क्याम्पमै कक्षा दशसम्म अध्यायनका लागि अवसर प्राप्त रह्यो ।
शरणार्थी शिविरमा धेरै कुरा निःशुल्क उपलब्ध थिए । तथापि ती पर्याप्त थिएनन् । हाम्रो घर (परिवार) को अवस्था यति दारुण र रुग्ण थियो कि एक जोडी कपडा किनी दिने बाबुआमाको हबिगत थिएन । एक पैसा आउने कुनै बाटो थिएन । संस्थाले दिएको दाल र खाने तेलको केही मात्र बचेर अरु सब्जी साटी खान्थ्यौँ । आएको एक डेढ साल कहीँ कतै शिविरबाहिर काम गर्न गएनौँ । त्यहाँका स्थानीय मानिसहरुसँग चिनचान हुन थालेपछि हामी असारमा धान रोप्न, छेउभित्ता काट्न तथा मंसिरमा धान काट्न र बिटा लगाउन जान थाल्यौँ । हाजिरा थियो दिनको १०–१५ रुपयाँ । म भने बदमटार, कुम्बी, सानोबर्दु आदिबाट एक लिटर मटितेलको एक घना बाँस साटेर ल्याउँथ्ये विदाका दिन, र तीस–चालीस रुपयाँमा बेच्थ्येँ शिविरभित्र छात्रा बनाउनेहरुलाई । यसबाट केही लुगा कपडा किन्ने पैसा हुन्थ्यो । बाबाको स्वस्था स्थिति धेरै कमजोर हुनाले उनी खासै काम गर्न जान सेकेनन्- नेपाल छिरेपछि एक दुई ठाउँ केही दिन काम गर्न पुगेहोलान् । आमा र साँल्दिदी काम गर्न जानु हुन्थ्यो गाउँतिर बेलाबखत । म कक्षा आठमा पढ्दा विदाको समय मिलाएर इलामको लक्ष्मीपुरमा पन्ध्रदिन काम गर्न गएँ । काम थियो मल बोक्ने, अदुवा छोप्न सोत्तर काट्ने र दाउरा बोक्ने इत्यादि । त्यो समयमा आठसय पचास रुपयाँ कमाएँ छु । त्यो ठूलो कमाइ भन्नु पर्छ । त्यसले मेले एउटा तन्ना र केही कपडा जोडेँ । त्यति भएर पनि छाता र जुत्ता किन्न सकिएन । माइलो भाइ गणपति र म पानी झरीमा एउटा पुरानो भूटानदेखि नै ल्याएको दर्दरे प्लाष्टिक थियो त्यही ओडेर जान्थ्यौँ –स्कूल । कहिले घरका अरु भाइ बहिनीले लगे भने मानेका पात ओडेर जान्थ्यौँ स्कूल बर्खे झरीमा । दश कक्षा पढ्दासम्म खुट्टाले जुत्ता देखेन । एउटा घडीसम्म थिएन हाम्रो घर(छाप्रो)मा । पढ्न धेरै राति नैदेखि उठ्ने बानी थियो मेरो । घडीको अभावमा बाहिर निस्किएर कर्किट्टी (ताराको एक समूह) हेरर समय यति भयो होला भनेर अनुमान गर्थेँ । घडीहनेहरुले पछि कुरा गरेको सुन्दा म त्यसबखत रातीको बाह्र एक बजी नै उठ्ने गर्थ्यो छु । आज लाग्छ हिउँदका चीसारात यसरी कति कति अनिँदै भागेर गए । अनि त्यसबखतको चिसोले छातीमा कहिल्यै निको नहुने खत छोडेर गएछ क्यार, अहिले छातीको रोगले सताउन थालेको छ ।
कक्षा नौदखि मलाई फ्यारिङ्जाइटिजको बिमारले च्याप्यो । अझै पनि त्यो बिमारले छोडेको छैन । यसले दिनुसम्म दुःख दियो मलाई अनि पढाइमा पनि हुनसम्म प्रभाव पार्यो । सन् १९९८ मा म कक्षा दशमा हाम्रो विद्यालय सनराइज एकेडमीको प्रथम भएर प्रथम श्रेणीमा उत्रीर्ण भएँ । अब उच्च शिक्षाका लागि अन्त कतै जाने उपाए छैन । रिजल्ट आएपछि साथीहरु कोही भारतको कालेबुङ र कोही नेपालतिरैका कलेजहरुमा पढ्न हिँडे । म भने विद्यालयबाट प्रथम भएर प्रथम श्रेणीमा उत्रीर्ण भएको मान्छे कहीँ जाने उपाए छैन, पीडा र चिन्ताले विक्षिप्त पागल जस्तै भएँ । विज्ञान बाहेक अरु बिषय पढ्दै नपढ्ने सोचमा थिएँ म । यो एक किसिमको घमण्ड थियो भनौँ कि डिटरमिनेसन । तै पनि मेची क्याम्पस, भद्रपूरबाट आई.एका लागि फारम ल्याएँ तर भर्न मन लागेन, भरिनँ । भारतको देल्लीबाट सञ्चालित डिस्टेन्स एजुकेस (नेस्नल ओपन स्कूल) लिने त्यसताका शरणार्थी क्याम्पमा धेरै थिए । नक्सलबारीको हिन्दी हाइ स्कूलबाट नेस्नल ओपन स्कूलमा आई.कमकालागि भर्ना गरेर मित्र भिम ढकाल र म आउँदै थियौँ विर्तामोडमा एकजना कारितास अपिस दमकबाट आउँदै गरेका खुदुनाबारीकै डुकमोडल विद्यालयमा पढाउने शिक्षकसँग भेट भयो । उनले त्यसवर्षदेखि कारितासले कक्षा ११ र १२का लागि पनि विज्ञान विषयलाई छ हजार र अन्य विषय पढ्नेलाई पाँच हजार दिने समाचार ल्याए । यसले मलाई एक पटक तरङ्गित बनायो । मनमा अनेक तर्कविर्तक खेलाउँदै खुदुनावारीमा जाने ट्याक्सीका छतमा चढेँ, असारको समय अलिपर पुगेपछि ट्याक्सीको टायरले एउटा पानीले भरिएको खाल्टोको साक्षतकार गर्यो र कोल्टियो म बसेकै साइडमा, हात खुस्किएछ म हुत्तिएर झरेँ सडकमा । हातमा सामन्य चोट लाग्यो, अरु केही भएन- मृत्युलाई गिज्याउँदै जिन्दगी फेरी ट्याक्सीमा चढेर गुड्यो ।
घरमा ट्याक्सीबाट खसेको बताइनँ । कारितासले दिनलागेको सुविधाकाबारे सुनाएँ । बाबुआमाले कुनै निर्णय नै गर्न सकेनन्, निर्णय लिन सक्ने उनीहरुसँग शक्ति छैन किन भने त्यो शक्ति दिने पैसा हो, पैसा फुटेको कौडी छैन । रातभरि निद्रा लागेन≤ अनेक सम्झिएँ, पढ्न कसरी जाने उपाय खोजेँ । जे होस् त्यस दिन मेची क्याम्पस फेरि एकपटक जाने र विज्ञानको फारम भर्ने निधो गरेर उठेँ । खाना खाएर एघार बजीतिर लागे भद्रपूरतिर, टाङटिङ खोलो वैँश बटुलेर आएको रहेछ ≤ जिन्दगी बन्दकी राखेर पसँे खोलामा र निस्किएँ पारी चुर्लुम भिजेर । भिजेको मुसो जस्तै भएर लागेँ फेरि बाटो, अलिक पर पुगेपछि आयो बिरिङ खोलो उस्तै उन्मत्त । त्यसलाई पनि पार गेरर तीनबजीतिर मेची क्यापस पुगँे । त्यहाँ गएर सोधपुछ गर्दा फारम भर्ने म्याद गुज्री सकेछ । कसोकसो गरेर ने.वि.संघका अध्यक्षसँग भेटेँ र उनलाई अनुरोध गरँे, उनले क्याम्पस प्रशासनमा कुरा गरेपछि दोब्बर दस्तुर तिरेर फारम पाएँ । हतारहतर फारम भरेर साइन्स ब्लकमा लगेर बुझाएँ, समय सकिन लागेको थियो (मतलब क्यापस बन्द हुने समय भइसकेको थियो) । साझमा घरमा आइपुगेँ । उही हो निद्रा पटक्कै लाग्दैन, के गर्नु के नगर्नु विलखबन्दमा परेँ । छ हजार रुपयाँले के के गर्न पुग्छ, भाग लगाएँ । एड्मिसन् गर्न, किताब किन्न, डाइ्सेक्सन बक्स किन्न आदि । लुगा चाहियो, बेडिङ, कोठा भाडा, सब्जी आदि सम्झिदा सम्झदै मन भरङ्ग भयो, भीरबाट खसे जस्तै भएँ ओच्छ्यान मै । अब मलाई कसले सहयोग गर्छ पढ्न– आप्mन्त, नातेदार, छरछिमेकी ……….कोही पनि देखिन सहयोग गर्ने मन भएको मान्छे । यसरी अन्योल मै दुई दिन बित्यो । तेस्रो दिन प्रवेश परीक्षाका लागि जानु छ । अन्तिममा मैले कुनै बाटो भेटाइन र छोडी दिएँ विज्ञान पढ्ने सपना सधाका लागि……। यसरी ओथारा बस्यो मेरो विज्ञान पढ्ने सपना र अन्डा नपारी म¥यो ।
त्यही सालको जुन महिनामा म आपूmले पढेकै विद्यालय सन्राइज एकेडमी मै शिक्षकको रुपमा नियुक्त भएँ । दश कक्षा पास गरेपछि शिक्षकको अभावले त्यहीँ साना कक्षामा शिक्षकको आवश्यकता परेमा अन्तरवार्ता गरेर कारितासले विद्यालयमा नियुक्ति दिन्थ्यो । महिनाको तलब ७२९ रुपयाँ अर्थात् दिनको २३ रुपयाँ जति । विद्यालयमा पढाउँदै नेस्नल ओपन स्कूलको ११को कोर्स र साहित्य भूषण प्रथम वर्ष,(नेपाली साहित्य प्रचार समिति, सिलगडीबाट सञ्चालित अनौपचारिक नेपाली साहित्यको कक्षा ११)को अध्यायन सम्पन्न गरेँ । सन् १९९९मा फेरि भद्रपुरको मेची क्याम्पसमा आई.ए प्रथम वर्षमा ज्वाइन गरँे । अब स्कूलमा पढाउने र तीनपटिको कोर्स एकै साथ गर्ने जिम्मेवरी आइलाग्यो, त्यसलाई सम्हाल्दै लगेँ । सन् १९९९ को अन्त्यतिर आई.कम र साहित्य भूषण तथा आई.ए प्रथमवर्षको अध्यायन पूरा गरेँ । सन् २०००को मे महिनादखि सनराइज एकेडमी छोडेर झापाको बुधबारे स्थित जयपूर बोडिङ स्कूलमा पढाउन गएँ । त्यहाँ लाने मित्र थिए गणेश अधिकारी । महिनाको रु २५०० तलब, क्याम्पमा दिइने भन्दा झण्डै चार गुणा बढी । घरबाटै धाएर पुगिने जान डेड् घण्टा, आउन डेड् घण्टा ≤ खोलाको बाटो काधमा साइकल बोकेर तर्नु पर्ने अनि आई.ए दोस्रो वर्ष, साहित्य अलंकार प्रथम खण्ड (बि. ए प्रथम वर्ष) को अध्यायन त्यसमा थप कम्प्युटरको आधारभूत कोर्स र विद्यालयको शिक्षण कम चुनौतिपूर्ण थिएन यद्यपि सबै सफताका साथ पूरा गरेँ त्यस वर्ष ।
सन् २००१मा म भारतको उत्तर वङ्गाल विश्वविद्यालय अन्तर्गतको परिमलमित्र स्मृति महाविद्यालय (मालबजार)मा बि.कम पढ्नका लागि भर्ना भएँ । भर्ना त भएँ तर त्यहाँ बसेर पढ्न सक्ने मेरो उपाए थिएन, आर्थिक हैसियत थिएन । भर्ना गरिराखेर फेरि सनराइज एकाडमी मै शिक्षकको नियुक्ति लिएँ । वर्षको अन्तिमतिर गएर परीक्षा दिएर फर्किएँ । दास्रो वर्ष पनि कलेजमा गइनँ । त्यस समय मेरो विद्यालय जीवनका एक शिक्षक लक्ष्मण भण्डारी सिलगडीमा बसेर सी.ए बढ्नु हुन्थ्यो, उहाँसँग बसेर परीक्षापूर्वको छ महिना पढेँ प्रत्येक दिन झण्डै चौध–पन्ध्र घण्टसम्म । स्वाध्ययन ग¥याो, नजानेको उहाँलाई सोध्यो≤ यसरी नै पढँे मैले छ महिना जति । प्रथम खण्डको परीक्षा दोस्रो वर्षको अन्त्यमा मात्रै हुने भएकाले निकै भारि हुन्थ्यो पाठ्यक्रम दोस्रो वर्ष (पहिलो वर्ष कलेजले आन्तिरिकरुपान परीक्षा लिन्थ्यो) ।
परीक्षा सकिए पछि पुनः सनराइज एकेडमी फर्किएँ शिक्षकका रुपमा । पछि नतिजा प्रकाशित भएछ, मित्र शान्तीराम पोख्रेलले कलेजमा प्रिन्सिपल मेडमलाई भेट्न जानु रे भन्ने खबर ल्याए । प्रिन्सिपले बोलाएपछि जानु प¥यो, दौडिएर गएँ । मनमा एक किसिमको जिज्ञा थियो, अनि थियो डर पनि किन भने म कलेजमा नियमित थिइनँ । कलेजमा प्रिन्सिपल मेडमलाई भेटे पछि थाहा भयो उहाँले म विश्वविद्यालयमा प्रथम खण्डमा प्रथम भएको जानकारी गराउन बोलाउनु भएको रहेछ । अपार हर्ष लाग्यो, आपैmँलाई धन्य सम्झेँ । आश्चार्य पनि लाग्यो कुनै दिन कलेजमा कक्षा नबस्ने मान्छे म कसरी प्रथम भएँ । पत्याउनु पनि कसरी नपत्याउनु कसरी, नतिजाले भने त्यही देखायो≤ पत्याउनै प¥यो । मेडमले दास्रोखण्ड राम्रो गर्नु केही समयस्य प¥यो भने प्राध्यपकहरुलाई सोध्नु भन्नु भयो । शीर जुकाएर उहाँको कुरालाई स्वीकृति जनाएँ । कलेजमा म एकाएक चर्चाको शिखरमा पुगेँ । कलेजका एक दुई विद्यार्थीहरुसँग बाहेक परिचय नै थिएन, प्रथम हुने विद्यार्थी आएको छ भन्ने सुनेपछि धेरै विद्यार्थी साथीहरु चिन्न आए, परिचय गर्न आए, बधाइ दिन आए । अब सबैको आसा, भरोसा र आस्थाको केन्द्र भएँ । धेरै ठूलो जिम्मेवारी आइ लाग्यो मलाई । अर्को वर्ष उत्कृष्ट नतिजा ल्याउनै पर्ने नैतिक दवावले गाज्यो मलाई ।
खुसीका पूmलहरु मनको पोल्टाभरि बोकेर कलेजबाट फर्किएँ म । घरमा आएर परिवार जनलाई सुनाएँ, साथी भाइलाई सुनाएँ । सबैले उत्साह भरे, हौसला दिए, उत्प्रेरणा जगाए । म झन् जोस, जाँगर र उत्साहका साथ तयारी गर्न लागेँ दास्रो खण्डको परीक्षाको लागि । परीक्षा आउनु एक महिन अघि गएर मालबाजार मै बसेँ । प्रायः कक्षाहरु सिद्धिसकेको रहेछ । स्मरणीय के छ भने मेरो तीन वर्षे कलेज जीवनमा जम्मा जम्मी तीनवटा क्लास लिएँ होला । बास त्यति हो । दास्रो खण्डको परीक्षा पनि निकै राम्रो भयो – म धेरै आशावादी भएर फर्किएँ । पछि नतिजाले मलाई पहिलो स्थान मै उभ्याएछ । म मेडल पाउनेमा म डुक्क भएँ । सुन्ने जतिले प्रशंसा गरे, बधाई दिएँ ।
विश्वविद्यालयमा प्रथम भएपछि अखिल भारतीय मडवारी युवा मञ्चले सम्मान गर्न निम्त्ययो । तथापि नेपाल बन्धका कारणले उक्त कार्यक्रममा जान सकिनँ । पछि गएर मञ्चले प्रदान गरेको ट्रफी ल्याएँ, सर्टिफिकेट चाँहि अभैm पनि ल्याएको छैन । नेपाल बन्धको हण्डर र मार मैले धेरै चोटि सहेको छु । त्यो पछि भनौला । मैले काम गरेको विद्यालयले पनि –गिप्mट अप एप्प्रिसेसन प्रदान ग¥यो । कलेजको विद्यार्थी युनियनले पनि पुरस्कार प्रदान ग¥यो । विश्वविद्यालयमा प्रथम हुनुको उत्साह, जोस र जाँगर एक दुई महिनासम्म ताजै रह्यो । कतिपय कलेजमा पढाउने प्राध्यपकहरुले सि.ए, आई.सि.डब्लु.ए, वा एम.बी.ए गर्न सुझाए । नेपाल नर्पmकन र भारतमै केही गर्न प्रेरित गरे । उनीहरुको सुझाव राम्रो हो तर मेरो बाध्यता,आर्थक कुरुपता र कठिनाइ उनीहरु बुभ्mन सक्तैन थिए ।
पछि युनिभर्सिटीले कनभोकेसन (दीक्षान्त समारोह)का लागि चिठी पठाए छ –मेरो स्थाइ ठेगाना भूटानमा । संयोग कस्तो परेछ भने मेरा खन्तरे काकाको नाम शिवलाल≤ उहाँको चिठी भनेर हेर्दा मेरो विश्वविद्यालयले पठाएको चिठी रहेछ । झापाको मान्छेको चिठी आएछ भनेर मण्डललाई बुझाइदिएछन् । यता म चाहिँ चिठीको पखाइमा थिएँ । के कसो भयो भनेर कलेजमा बुभ्mन गएँ । त्यहाँबाट विश्वविद्यालयमै गएर बुभ्mनु पर्छ भन्ने कुरा भयो । विश्वविद्यालयमा गएर कन्भोकेशनका लागि फारम भरेर बुझाएँ । सन् २००४को फरवारी १४का दिन युनिभर्सिटीको सैँतीसौँ दीक्षान्त समारोहमा भाग लिएँ । उक्त समारोहमा पश्चिम वंगालका राज्यपाल र भारतीय लोक सभाका सभामुख सोमनाथ च्याटरजी मुख्या अतिथिका रुपमा सम्मिलित थिए । युनिभर्सिटी म्याड प्राप्त गर्दा अत्यन्त गौरवको अनिभूति भयो । मेलै नचाहेको, मैले नरोजेको तर परिस्थिति र बाध्यताले रोज्न लगाएको विषयले आज मलाई प्राप्तिको शिखरमा पु¥यायो, सम्मान र प्रतिष्ठा प्रदान गर्यो । यती ठूलो अवसारको संझनालाई संगाली राख्ने मसँग एउटा क्यामारा पनि थिएन । अरुले सभामुख र राज्यपालसंग हात मिलाए, फोटो खिचाए । मैले पनि मेडल थापेँ, हात मिलाएँ तर आफुसँग क्यामारा नहुँदा नमिठो लाग्यो । अरुहरुले मेरो पनि फोटो त खिचे तर मैले पाउन सकिन । अनि विश्वविद्यालयको यो सम्मानको खुसी बोकेर उही दुःखी शरणार्थी क्याम्पतिर फर्किए ।
(समुद्रपारिको यात्रा मन्थन अपूर्ण श्रृंखलाबद्ध आलेखबाट लिइएको एक अंश)