सम्झनामा शिविर

माया भट्टराई
अमेरिका

 

शरणार्थी शिविरमा

हुँदा,बिताएका ती

क्षणहरू सम्झनामा

कैद छन् अझै..

बर्खायाममा भेल बाढी

आउँदा छेउछाउका

कुलेसा,भङ्गाला बढेर

घरभित्रै पानीको आहाल

जम्थ्यो ..

स्कुल पढ्दा हेड सर/हेडगुरूआमाको

आँखा छल्दै पायन्ट/स्कट बाहिर

सर्ट लाएर ठाँटिदै स्कुल गएको,

,,,स्कुल पढ्दा क्लासबाट

भागेर दमक वा मधुमल्ला

फिल्म हेर्न गएको..

….

ऊन कात्दा र

ढाका टोपीको तान

बुन्दा शनिवार

एक घरमा जम्मा भएर

रेडियोको कार्यक्रम

साथीसँग मनका कुरा

सुन्दाको त्यो क्षण ..

….

शिविरमा बस्दा-बस्दा

निसास्सिएर शरणार्थीहरू

शिविरबाटै आफ्नै देश

भुटानै फर्की जान्छौँ भनेर

धेरैचोटी प्रयास गरेको अनि

हाम्रा पटक-पटकका प्रयास

विफल भएका..

….

चैत मासमा हावाहुरी

चल्दा,घरको छानो

उडाउँछ भनी रातभरि

घरको धुरी र बलो समातेर

रात बिताएको त्यो

पल,सम्झिरहेकी छु

अझै।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *