Year 4 – Issue 12

  • म त आजै मर्छु होला

    तनहुँ, नेपाल अन्तिम सास जानेबेला तिमीलाई नै खोज्छु होला हेर्छु दायाँ बायाँ आफन्तलाई सोध्छु होला, तिमि हुन्छ्यौ धेरै टाढा म त आजै मर्छु होला… अबदेखि कहिल्यै मेरो नाम नलिनु प्रिय […]

  • मन (गीत)

    अम्बर सुब्बा ओहायो-अमेरिका काँडा बनी घोच्ने यो मन, आगो बनी ठोस्ने यो मन- लुकाउँ भनी छोप्न खोज्दा, सल्किएर पोल्छ पो झन्…, मेरो अतीत बल्झिएर, परेली यो छुन खोज्छ यो मन […]

  • गजल

    दुर्योधन धौराली-न्यूयोर्क, अमेरिका रुपैमा छ नजर सबको रहर पिरतीको समाजले देख्छ भन्ने छ डर पिरतीको, पानी सरि बग्छ माया माया मुटुभित्र सागर खोजी बढ्दै जान्छ नहर पिरतीको, मन मुटु मिलेपछि […]

  • तिमी र म हराउँदा

    जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका म तिमीसँग साट्दथें तिमी मसँग साट्दथ्यौ कहिले मातियो , कहिले साटियो त्यो जवानीको खेल, ख्यालै भएन- पछि म तिमीसँग डराएथें तिमी मसँग डराईथ्यौ, त्यो पल म तिमीसँग […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६ (अघिल्लो अंकबाट निरन्तर) राजा पुनियानी [सात] हमेस्सी प्रकृतिले देखाएकै छ जे जन्माउँछ यसले मार्छ पनि। महाशय, प्रकृति र इतिहासको नसामा एउटै रगत कुद्छ। तानाशाह इतिहासले जन्माउँछ र मार्छ […]

  • काला बादलहरु

    खुल्ला आकाशमाथि सेता बादलहरु छरिएका थिए यत्रतत्र सर्बत्र … स्वतन्त्र भएर उड़्थे चराहरुझैँ ती सेता परेवा झैँ बादलहरु कहिले कञ्चनजंघा त कहिले सगरमाथा चुमेर सूर्यका प्रभात किरणमा फाटेर टुक्रा -टुक्रा […]

  • बिवशका बिन्दास गजल र स्ल्याम

    → भूपेन्द्र तिम्सिना, झापा/ नेपाल नजिस्किनु आगोसँग पानीसँग नजिस्किनु । दिँदा दिँदै भोकाएका दानीसँग नजिस्किनु ।। केही कोहीसँग पनि खेलाँची गरेर जिस्किनु हुँदैन । प्रेमी प्रेमिकाबीच समेत दिल खोलेर जिस्किन […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६ (अघिल्लो अंकबाट निरन्तर) राजा पुनियानी [चार] धूलोमा धूलोसरि भएर धूलो खेल्दै बढ़्दैछन् धूलो नलागेका सुग्घर राजालाई धूलोको स्वाद चखाउने धूलोका सन्ततिहरू। [पाँच] अब हामी धेरबेर भुलिएर बस्नुहुँदैन यो […]

  • के शुभकामना दिउँ

    खै, के शुभकामना दिउँ म तिमीलाई यहाँ त , अभावका आवासहरु, चाउरिएका प्रतिक्षारत पेटहरु बुइगलको छेउबाट क्षितिजपारिको तारा गन्दै मंसिरको सुनौलो बिहानी पर्खंदैछन् ! यहाँ त पिल्सिएका जवानीहरु, जवानीको उपभोग […]

  • गीत

    तिम्रै प्रशंसामा बिताइदिन्छु जिन्दगी यो… तिमीलाई नै सम्झिएर कटाइदिञ्छु जिन्दगी यो, सधैं सधैं खुशी मिल्छ भने तिमीलाई, खुकुरीको धारमा राखी रेटाइदिन्छु जिन्दगी यो, तिम्रै प्रशंसामा… छल्छाम गरेको छैन, पागल प्रेमी […]

  • गजल

    नर्थ केरोलिना-अमेरिका सपना नि के के देखें चितामाथि हाँसीरा’थें । रुँदै थिएँ आफ्नाहरु मचैं फेरि नाचिरा’थें ॥ “हरे ! बास बैकुण्ठको राम नाम सत्य” भने । लाश देखे अरुलेचैं मचैं […]

  • बन्दीको डायरी

    म बन्दी भएको बेला, अखबारको आँगन हुँदै, गुगलको गाउँसम्म उदांगिएको थिएँ, अनुहारमा पोखिएको थियो आरोपहरुको औंशी, चारै दिशा पिरामिडझैं उभिएका थिए उजुरी पत्र । प्रश्नै प्रश्न लिएर, तीरझैं आएका थिए […]

  • शृङ्खला कविता

    भोटाङ विशेष-१९९६  -राजा पुनियानी                      [एक] भन्छ- घाइते दुश्मन आगोभन्दा खतरनाक हुन्छ ! भोटाङलाई पनि घाइते छाड़िएको छ- हुन्छै-हुन्छ भोटाङ खतरनाक […]

  • गजल

    शहर भित्र खोजी हेर्छौ के छ र शहरमा तुवाँलोले छेक्छ सधैं सानो तिम्रो रहरमा। जाली हुन्छन् मान्छेहरु आफन्तकै बंशभित्र चमत्कारी खेल खेल्छन् मात्तिएर जहरमा। पैसा-पैसा-पैसाभित्रै ताना तानको खेल खेल्दा रगत बग्न थाली सक्यो कुलो अनि नहरमा । कति देख्नु कति लेख्नु घिन लाग्दो नगर त्यो शहर भन्दा गाउँ नै राम्रो यो ‘हरि’ को ठहरमा ।।

  • गजल

    पदम आधिकारी ‘हिमशिखर’ बाल्टिमोर, अमेरिका आखिर न मुटु रेट्दा, न त छाती चिर्दा माया लायौ कुरेर तिमीलाई नै न त घर फिर्दा माया लायौ, बद्लियो समय बद्लियो मौसम बद्लियो सबै-सबै यात्रा […]

  • अनुभूतिका क्यानभासमा दार्जीलिङ भ्रमण

    शिवलाल दाहाल धेरै वर्षदेखिको एउटा सपना थियो दार्जेलिङ् घुम्ने यसपालि पूरा भयो । रहर गरेर मात्र कहाँ हुँदोरहेछ र  मनभित्रको धोको पुर्‍याउन समयनै आउनु पर्दोरहेछ  । हुन त एक हुल […]

  • धनेहरु, निरन्तर हिँडिरहे ! कविता सङ्ग्रहः एक विम्बपरक विश्लेषण

    शिवलाल दाहाल विम्ब भनेको शाव्दिक रुपमा छाया, दर्पण वा प्रतिच्छवि भए पनि साहित्यमा प्रयुक्त विम्ब शब्दले काव्यबिम्बलाई जनाउँछ । यो एक किसिमको कल्पनागत वा मानसचित्र हो जसले कुनै न कुनै […]

  • म गलत भएँ रे !

    म मौनतामा रमेको बेला शान्ति र सत्चिदानन्दमा चढेको बेला बुद्धत्वको खोजीमा निस्किएको बेला गान्धी र आइन्सटाइन उत्प्रेरित भै जब म स्वस्थ विचार लिएर उभिन्छु सगरमाथा, शान्ति बनेर बग्छु समुन्द्र, तटस्थ विचारहरुमा अडिग लक्षहरुमा, तब आक्रोशमा उफ्रनछन् मेरा सज्जन मित्रहरु ! साथी, म एक्लो भएँ रे, म बेमेल भएँ रे, मैले सँगै बसेर ताश उठाइनँ रे, होश गुमाएर गाँजा उडाइनँ रे, भट्टी आतंक मच्चाइनँ रे, सूरा-सुन्दरीसँग कम्मर मर्काइनँ रे, त्यसैले प्रिय मित्र, म गलत भएँ रे ! खै ! के लेखौं र मेरा चमत्कारी नौला खबरहरु , भुइँचालोले भात्किएको घर झैं एक्सिडेन्टमा परेको गाडीको सिसाझैं मेरो जीवन औल्याउँदै, उनीहरुले भने :- म शक्तिहीन बनें रे, […]

  • म हराएको त्यो रात

    जेएन दाहाल-मेसाच्युसेट्स-अमेरिका  अब  तन शुद्ध  रहेन मन पनि वशमा भएन निस्किएर फुत्त कतै .. जाउँ कहाँ..? भन्ने प्रश्न बहेन, निसंकोच दोबाटोमा भयो बास मलाई अझै  पनि सम्झना छ म हराएको त्यो रात ! नसुने चिल्ला कुरा नपाए तागत अनि बल कुची फालेर चित्र  छाडी हिँडेको  यही त हो त्यो पल, साँचै साथी  त्यस्तै हुँदो रहेछ प्रवास- मलाई अझै  पनि सम्झना छ म हराएको त्यो रात !