Year 1 – Issue 10

  • छिचिमिराहरू…

    जान्दा–जान्दै कीरा पखेटा पलाएपछि घमण्ड भरिन्छ, अनि आँट बटुल्छ, आकाश छोप्ने मनोबल पृथ्वी ढाक्ने झोंक यस्तो अहम भरिए पछि… हावा बटुलेर मुठ्ठी राख्छु बिचार उमालेर लावा पोख्छु भन्दै हावा उछिन्ने […]

  • गजल-२१

    अन्योलमा थिएँ,अन्योलमा छु,अन्यौलमा हुन्छु होला राष्ट्रवियोगमा रोएँ, रुँदैछु अझै पनि रुन्छु होला टुहुरो छु बेसाहारा देशविना आज म त फाटेको छ मन मेरो कसरी सम्झाई तुन्छु होला तिरस्कारले पेट भरें […]

  • रुवाई

    जाउ तिम्रा सबै तस्विर लिएर जाउ फाटेको यो जीवन पनि टाल- टुल सिएर जाउ सम्झना यो दिल भरी कती दिन सजाउनु जीउनै गाह्रो भो तिम्रो याद मेटी दिएर जाउ !!

  • पालाम्

    सेक्मुरि फूल हेर फुल्यो माङ्गेन्ना गर्दा शिर चुल्यो माङ्हिम गई सेवा गरौं देशको लागि अघि सरौं दुबो र ढुङ्गा बाचा खाएँ माङ्लाङ नाचौं पालाम् गाएँ शान्तिको दियो बालौँ अब कदम […]

  • गजल-२०

    आफ्नो ज्यान त्यसै प्यारो अझ देशको माटो प्यारो भीर पाखा भन्दा पनि मान्छे हिँड्ने बाटो प्यारो जूनको जादू देखिन्छ टल्किएपछि आकासमा त्यही जूनको बीचमा अझ लुक्ने टाटो प्यारो अति सुन्दर […]

  • सम्पादकीय

    साहित्य र वर्तमान हामीले सदियौँ देखि साहित्यलाई समाजको दर्पण मानिआएका छौँ। साहित्य यस अर्थमा पनि समाजको दर्पण हो कि समाजमा जे घट्यो/भयो सहित्यदर्पणमा त्यही प्रतिविम्बित हुन्छ। यो परिभाषा अद्यापि सत्य […]

  • गजल-२०

    सयौँ बार कसैलाई पर्खिनुको मजा मलाई मात्र थाहा छ मुटु चर्किनुको मजा पहाड नाघ्ने हिमाल नाघ्छन् हिमाल नाघ्नेहरूले त के बुझ्थे र काखमै जीवन धर्किनुको मजा सफलताका कथा हुनेहरू सधैँ […]

  • स्वरुप

    मत्त…… जवानीले मातेका दुई किशोर किशोरीझैँ भर्खर मेरो देश षोढशीझैँ छातीभरि सगरमाथा बोकेर फर्कँदैछ…. फुल्दैछ नागबेली उखेलेर चम्पावती रोप्दैछ । हिजो बगैँचाभरि…. गमलाभरि थरिथरिका…. जात…जातिका फूल रोपेर

  • गजल-१९

    हिजोसँगै आज पनि देश संझी रुन्छु क्यार देशको ढुङ्गा माटोसँगै फेरि लाचार हुन्छु क्यार आमाको आँसुसँगै मुहान बनी बग्दा बग्दै अतीतका घातहरुलाई हृदयमा बुन्छु क्यार निर्दोषी फूलका थुँगा हारैहारको पासोमा […]

  • गीत

    मेरो कुरा काटे पनि तिम्रै बानी मीठो लाग्छ तिमीसँग बिताएको जिन्दगानी मीठो लाग्छ । हँसाउने घरिघरि रुवाउने तिमी आँखाभरि सपनाहरु बसाउने तिमी जे गरे नि मलाई तिम्रै मनोमानी मीठो लाग्छ […]

  • मैले नेपाल देखें

    हुस्सु र कुहिरोमा निसासिएको अनि बम र बारुदको धुँवाको कालो मोसो दलेर रोइरहेको मैले नेपाल देखें औंसीको कालो रातमा रुखो रोदन र क्रन्दन संगै चिच्याइ चिच्याइ रोइरहेको मैले नेपाल देखें […]

  • देश हराएको सूचना

    यतिराज अजनबी एडिलेड, अस्ट्रेलिया हराए पछि देश, देशभित्रै खोजें खोजी प्रारम्भ गरेपछि जबर्जस्ती लखेटिएँ देशबाटै अठार वर्षसम्म खोजिरहें शराणार्थी शिविरमा केही मित्रहरूलाई त्यसरी नै खोजिराख है भनेर समुद्र पारी आइपुगेको […]

  • गजल-१८

    खै! कति लेखौँ देश चर्किएको कथा चोटभित्र मनहरु मर्किएको कथा । हिजो बैनी आज आमा बलात्कृत हुँदा असह्य भै धने अन्तै तर्किएको कथा । मर्दा न त चिहान नै छ […]

  • वेश्यासँग बिताएको एक साँझ

    प्रकाश आङ्देम्बे दमक, झापा होटल प्याराडाइजको रूम नं. १५ मा छु एक्लै…..। यो होटल बुटवलको हो । बुटवलमा कहाँनिर पर्छ ? भनिरहन आवश्यक छैन यो कथाको लागि । साथीहरू रेयुकाई […]

  • अमेरिका कस्तो छ?

    चर्खासँगै निदाउँछन् छाप्राहरु चर्खासँगै विश्राम गर्छन् छाप्राहरु अभाव र अन्यायको धारमा मलम लगाउँदै हेर्दछन् घाउका पाप्राहरु खुकुरीले गर्दन गिँडेको चक्कुले छाती छेडेको खटनको खुराकहरु घोटेको भोक भोकै जाडोमा खटेको अनि […]

  • एक अमूर्त वेदना

    दैव बेइमानी छन् । भगवानको नियम विभेदकारी छ । त्यसैले त मानिसमा विभिन्नता ल्याइदिएका छन् तिनले । तिनको सृष्टिमा समानताको विजले जरा गाड्न पाउँदैन । समानताको अभावमा विभेदले ठाउँ पाउँछ, […]

  • सम्पादकीय

    आदरणीय पाठकवृन्द छोटो समयमा नै यो साइटबाट प्रकाशित हुने ई—पत्रिकालाई सफलताको बिन्दुमा पु-याउन सहयोग गरिदिनु भएकामा हामी सम्पादक समूह हार्दिक कृतज्ञता प्रकट गर्दछौं । भाषा र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध छ […]

  • गीत

    स्वदेश हाम्रो भूटान हो साथी घर नै गइन्छ नभूलौं माटो नछोडौं धर्म हो भूटानी रहिन्छ सोचेर हेर स्वर्गको गौरव कहाँ त्यसै पाइन्छ स्वर्गको काखमा भूटानी बन्न कर्म पो चाहिन्छ मरिन्छ […]

  • स्वयम्

    टल बाली राई तस्मानिया, अस्ट्रेलिया धर्तीलाई प्रथमपटक दर्शन गरेपछि हजारौँ दृश्यहरु देख्ने अवसर प्राप्त भयो मिलिरहेको छ आजकाल- आमाको आशिष, साथीको सङ्गत, साहित्य कोर्ने रुची अनि गुरुको आशीर्वाद, यहीमा म […]

  • हामी हार्मोनियम र त्यसका रिडहरु

    कुनै गरीब र सिकारु कलाकारको बिग्रिएर पनि बज्न बाध्य बाजेर पनि कोठा भित्र सीमित हामी हार्मोनियम हौँ, हामी बिग्रिएका हार्मोनियम हौँ। हाम्रो जड्सुत्रता चिम्टी भाँचिएको कुनै रिड हो हामी जति […]

  • गजल-१७

    अन्यत्र माया जोडेपछि पिएँ पवित्र नाता तोडेपछि पिएँ ।। मलाई सधैँ साथ दिन्छु भन्दै, अर्कैको घुम्टो ओडेपछि पिएँ ।। माया गरेर दिएको त्यो मेरो, मायाको चिनो फोडेपछि पिएँ ।। आजन्म […]