आजकल
गोविन्द लुइँटेल ‘यार’ अमेरिका आजकल, मुसो बिरालो खोज्छ बिरालो सिंह खोज्छ वास्तवमा, किन एक अर्काले भिन्नै खोज्छ ? आजकल, सेतोले आफू कालो देख्छ कालोले आफू सेतो देख्छ वास्तवमा, किन एक रङले अर्कै देख्छ? आजकल, खोला हिमालमा जान ताक्छ हिमाल मैदान हुन ताक्छ वास्तवमा, किन प्राणी र प्रकृति अर्कै ताक्छ ? आजकल, नाता प्राय पराई ठान्छ पराई प्राय नजिक ठान्छ वास्तवमा, किन सम्बन्ध र अनजान बेग्लै ठान्छ ?