Year 2 – Issue 4

  • क्रसफायर

    टीपी मिश्र   अमेरिका “छि ! अरुले देखे भने के भन्छन् ?” सायद् यस्तै केही भन्दैथिइन् उनी, जब म उनलाई अँगालो हालिरहेथें । मैंले वास्ता गरिनँ । हुन पनि धेरै […]

  • तिमी

    काश ! यथार्थ फेरि सामु तेर्सिन्छ कल्पनाको स्वतन्त्र संसार त्यहीँ खुम्चिन्छ समुद्री छालले सपना पखाल्छ दोसागरमा  पुगेर जीवन आफैँ अड्किन्छ लाजले रातिएको गाला एक आचरणहीन अनुहार ऐनामा मजबुत छ आफ्नै प्रतिबिम्ब आफैँलाई घृणा गर्छ घरमा प्रतिक्षा […]

  • गजल-६१

    हिजो आज तिमी मेरै सम्झनामा रुन्छौ अरे एकान्तमा बसी तिमी मेरै तस्बिर  चुम्छौ अरे । मेरो सामु आई  तिम्ले पहिले किन नभनेको ? लाखौं लाखको माझमा पनि मलाई नै चुन्छौ […]

  • नील डाम, समय र सपना

    शनिश्चरे ७, मोरंग फूल मरेको बगैंचामा, बजेको सगींत भर्खरै आँसु निथ्रिएको, आँखाको सपना भर्खरै चराले चुच्चोमा च्यापेर लगेको घाम भुलेर, जुनकीरीहरु बटुल्दै छ, यतिखेर समय । मेरो घरको दैलोमा लडेको […]

  • गजल-६०

    नङ्ग र मासुको सम्बन्ध खास एकै हो र पछि अनि हुँदै फेरिने दोहोरो सास एकै हो मन पछि तन मिले बन्छ अन्धकार प्रकाशमय अचम्म छ, अन्धकारमाथि प्रकाश चल्ने बतास एकै […]

  • सम्पादकीय

    साहित्यमा विम्ब र प्रतीकको प्रयोग — कथ्यले प्रस्तुत गर्ने अर्थपूरकका रुपमा आउने सहवर्ती अर्थ विम्ब हो र जीवनजगतका विविध सन्दर्भ र सामग्रीबाट विम्बबिधान हुन सक्छ । विम्बलाई साहित्यमा एक प्रकारको […]

  • उग्रेर बिग्रेको दिन

    भगिरथ उच्च मा. वि. मोरंग नेपाल ग्रहणले ढाकिएर धर्तीमा अन्धकार बलेका बेला कल्पनाका उमङगहरू चकलेट्झैँ बेरिए हठात् धर्तीमा कम्पन पैदा भयो बादल एकअर्कामा मात्तिएर दिशाहीन गतिमा दौडन थाले मनमा चिसो […]

  • तिमीलाई देखेपछि

    तिमीलाई देखेपछि मैले काँडाहरु छामेँ एक टुक्रा खण्डित सूर्य मेरा अगाडि झ-यो मैले उठाएर आफैसँग राख्न चाहेँ आकाशको नीलो बिम्ब बनेर मेरो जीवनमा आउन चाह्यो मै काँडाहरु छामेँ एकपटक तिमीलाई […]

  • नयाँ आयाम

    मधुश्री काठमाडौँ “आमा मेरो वैठकमा जानु छ । महिला अधिकारवादी र हाम्रो महिला संगठनको सहकार्यमा धेरै काम गर्नु छ । त्यसैको सुरुवात हो आज । बेलुका अलि ढिलो हुन्छ कि […]

  • विश्व छिमेकी

    जता सबहौँ उहि मानव नै । धरती विच जन्म कुना भवमै ॥ विधिको त विधान उ चल्छ सधैँ । वरु विश्व छिमेकि बनाउ सबै ॥१॥ तर हेर रहेछ कती कुदने […]

  • मोनोग्राम प्रतिको घृणा

    डा. लक्ष्मी ढकाल द नेदरल्याण्ड्स् एन. पी. रेग्मी गोशी निम्न माध्यमिक विद्यालयका नेपाली शिक्षक थिए। वहाँसंग कविता र कथा  बिहुँजाइ विद्यार्थी समस्त पस्किने विशेष खुवी थियो। ठेट गाउँले  पारामा उल्लेख […]

  • शासकलाई गाली

    गाली के दिऊँ ? कुन भाषामा दिऊँ ? साला ….. पापिष्ट, नर्के,   छुलिया अधर्मी,  अपराधी कपटी, विश्वासघाती हरामी, अहंकारी पाजी,   घमण्डी मसाने,   भ्रष्टचारी तानाशाह,  बलात्कारी तँलाई जोङ्खा भाषामा गाली चाहिन्छ ? टामासिप, ज्यन्डे …………… कि सर्छोपेली  […]

  • अग्निपरीक्षामा– राजा जिग्मे सिङ्गे

    संसारका हरेक निरङ्कूश शासकले आफनो वर्चस्व स्थापित गर्न आफ्ना परिवर्तनगामी जनतालाई विभिन्न आरोप-प्रत्यारोप लगाई अन्तमा देशद्रोही भन्छ र सैनिक लगाएर देशबाट खेदाउँछ । आज संसारमा यही भइरहेको छ । निर्दोषहरुमाथि […]

  • रिटार्यड डाक्टर र गलत औषधि

    क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया  एक अञ्जुली घाम लिएर वर्ष चिसिएका ती निरीह अनुहारहरुमा अर्थको न्यानोपन दिन किन खोजेको तिमीले ? शताब्दिऔं पिसोल्टिएका छन् मूनाहरु शताब्दिऔंदेखि अधिकार लम्पसार छ बलेसीमा […]

  • तीन हाइकू

    मेरो मनमा पहिरो जाँदैमा -म कसरी बगौँ ? यौटै बाढीले क्षति कति भो कति म त बगिनँ ! भेल आएर थोरै बगाउँदैमा तातो न छारो ।

  • कर्मभूमि

    नर्वेको रसरङ्ग,रुप रसिलो हेर्दा जतै झल्मल वृक्षै रङ्रङका पहाडहरु छन् चट्टान छैनन् ठुला । मान्छेको मुख हुन्छ नित्य हसिलो मस्तिष्क राम्रो गरी खेती छैन किसान छैन नत छन् श्रम् कारखाना […]

  • साहित्यमा नवीनताको खोजी-२

    [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] गताङ्कबाट क्रमश:………… सन्दर्भ : हाम्रोसाहित्य हाम्रो साहित्यलाई मूलत: नेपाली […]

  • गीत

    कति कथा लेखिएर मेटिएको पाएँ कति कथा हराएर भेटिएको पाएँ कथाबीच एउटा कथा यस्तो पनि पाएँ एउटा पात्र विवश भई रेटिएको पाएँ गैरिएर सागरबीच अर्थ खोजे पछि यस्तै हाल हुँदो […]

  • एक फट्को

    बिहानीको झुल्के घाममा होस् या बेलुकीको गोधूलीमा , मध्यान्हको चर्को घाममा होस् या पूर्णिमाको टहलटहल जुनमा , लम्पसार सेतो बगर हिँड्न थर्थराउने कोमल हृदय , कसरी आमाको न्यानो काख छोडेर […]

  • अनिर्णयको बन्दी

    शर्मिला खड्का दाहाल अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन […]

  • चिहान

    म छक्क  पर्छु अनि अच्चम्मित पनि छु कतै अस्ताएका सुर्य नउदाउने हुन् कि भनेर म विचार गर्छु आफैँ लोलाएको जस्तो हुन्छ फेरि झसङ्ग हुन्छु ,प्रकृतिको नियन त अटल रहन्छ। अनि बल्ल होस् खुल्छ म त कतै क्षितिज पारी अल्मलिरको पाउँछु यता उता छामछुम गर्दा आफ्नो […]

  • गजल-५९

    आगो भित्र देश जलेको कथा कस्लाई भन्नू ? आफै भित्र भित्रै बलेको कथा कस्लाई भन्नू ? यसै गरि माटोलाई दलदल बनाउँदै जाँदा, पैतला भासिदै ढलेको कथा कस्लाई भन्नू ? अब […]

  • प्रश्न

    देवलहरु छाम छाम छुमछुम गर्दै प्रत्येक दैलाहरुमा जीवन खोज्दै हिँड्ने अनि तिम्रै ऐस  आरामको निम्ति युगौँसम्म मेसिनमा रङ्गिँदै रगतमा लत्पतिएर मरिमेट्ने ती अथक पाखुराहरु थोत्रा आडम्बरहरु धमिराका घरहरुझैं असुरक्षित तिम्रा ती […]

  • साहित्यमा नवीनताको खोजी-१

    [दुई वर्ष अघि भूटानी कोपिला ( अङ्क: १०; वर्ष: २००८) मा प्रकाशित यो लेख केही संशोधनसहित यहाँ प्रकाशित गरिएको छ-  सं.] विषय प्रवेश साहित्यलाई सदियौँ अघिदेखि समाजको दर्पण भनिएको छ; […]

  • गजल-५८

    मायाको बाली खायौ, भैगो अर्मल तिर्नु पर्दैन मुटु नै नभएको छाती, व्यर्थै चिर्नुपर्दैन छ भन्नु जिन्दगीमा, डोबै डोब त छ नि प्रिय छामी छामी रातो झिरले, झिर्नु पर्दैन सम्झौता हाम्रो […]