Editor

  • ऐनाअघि उभिएर

    कृति परिचय सबीन शर्मा कृत ‘ऐनाअघि उभिएर’ गजलसङ्ग्रह हो । यस कृति भित्र ६२ वटा गजल छन् । यहाँ जीवनका भोगाइ, देश प्रेम, र संस्कृतिका कुरा नै उठाएको पाइन्छ । […]

  • समस्या

    जीवनहरि शर्मा इलाम,नेपाल यो वाटिकाका सब पुष्प हामी उद्यान नै यो बनियो बिरामी दुष्कर्म गर्ने अब स्वाट्ट फाली होस् एकताको मत शक्तिशाली।।१ फुल्छन् यहीँ नै बिरुवा हजार देखिन्छ राम्रो रमणीय […]

  • हाम्रो जीवनका ऐतिहासिक पानाभित्र

    गंगाराम रिजाल टेनिसी,अमेरिका १ बस्थ्यौँ हामी मिलीजुली जहाँ गाउँभित्रै घुमेर खोलानाला शिखर बनका पुष्पगुच्छा चुमेर॥ हुन्थ्यौँ साथै सुख र दुःखमा बुझ्दथ्यौँ पीरमर्का। चिन्दैनौँ है परपर हुँदै भन्न थाल्यौँ सहरका॥ २ […]

  • चिच्याई रहेको छ

    तिलक राइ बेलडागी, नेपाल …………………… ऊ सधैँ यसरी नै हात हल्लाउँदै बर्बराईरहन्छ कहिले सुका बलुवामा सिन्का जस्तो सुकेको औँलाले रेखा कोर्दै भन्छ – आखिर यही भूगोल हो कसले कोर्‍यो सीमाङ्कन देशको ? स्वतन्त्र मानिसलाई कुँज्याउने गरी प्रकृतिमाथि नै नियन्त्रण गर्न खोज्ने ओ ! मानव विरोधी शासकहरू । बिहान झुल्के घाम हेर्दै क्षितिज भेट्न उद्धत भएर पाइला फट्फटाउदै अघि बढ्दा षड्यन्त्रकारी साँझले क्षितिज लुकाए पछि क्षितिज भेट्ने अधुरो सपना एक पोको सिरानी लगाएर एक ओछ्यान रातसँग कुस्ती खेल्न बाध्य भएको बेला सङ्घर्षको मैदानमा एक्लै पारेर सबै दर्गदिशा लागे पछि सतिसालको कोइला भएर चैते हुरीको पर्खाइमा छ डढेलोको लागि एक झिल्को । मलाई पागल बनायौ बोल्न नजान्ने बनायौ […]

  • अर्कै वर छ हरे उनको

    इन्द्र प्रकाश खवास अमेरिका भोज भतेर खान पीन नछुनु हरे उनको मैले चाहेर के हुन्छ अन्तै मन छ हरे उनको !, सधैँ भरी पल–पल याद आउँछ उनको मत बच्चाले खेलौना […]

  • गजल ५२९

    मदन दुलाल अमेरिका ढुङ्गो बोल्दैन,माटो बोल्दैन चिहान बोल्दैन लाटा सिधा मर्‍या मरै छन् विधान बोल्दैन तिमी हुँदा साथमा मनै चङ्गा भएको थियो तिम्रो अभाव छ प्रिये रातमा सिरान बोल्दैन चुपचाप […]

  • भुटानको बसोबास इतिहास र भोगाइ

    दुर्गा गुरागाई अस्ट्रल्लिया नेपाली घर गाउँ शान्त नगरी बस्ती थिए देशमा बस्थ्यौँ त्यो रमणीय धन्य ममता भुटान त्यो देशमा खट्थ्यौँ त्यो दिन रात काम घरमा बारी र त्यो खेतमा आफैले […]

  • श्रद्धाञ्जली भम्पाजीलाई

    कुबेर कुईकेल ‘भुवानेटारे’ श्रद्धाञ्जली छ भम्पाजी लाख लाख प्रियंवदा यो समवेदना श्रद्धा सफूल हात जोडदा हो निहुरन्छ माथा यो हाम्रा आँखा चिसा चिसा पुष्प सप्रेम श्रद्धाको शिर झुक्छ दिशा दिशा […]

  • बगलीमा छुरा

    कुबेर कुईकेल भुवानेटारे अमेरिका उ गजराजको दाह्रा देखाउँदैछ देशमा राम्रो देखिन्छ देखावा चपाउँदै छ दन्तमा त्यो पहिचान हाम्रो लौ बिलुप्त पार्न लाउँदै भाषा हाम्रो चपायो त्यो राष्ट्रबाद लदाउँदै पुर्व पश्चिम […]

  • भूटानका नेपालीहरूको सन्दर्भमा रूबाई विधाको सुरुवात

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अष्ट्रेलिया हामीले हर भोगाई, यात्रा र भेटबाट केही सिकिरहेका हुन्छौ । त्यो भन्दा मज्भूत कुरा त सिकेको सिप र देखेको सपनालाई कार्यान्वयन गर्दै तत्काल समयसँग इमानदार जीवन […]

  • कर्मशील जिन्दगी

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका   कर्ममा जिन्दगी बोल्छ गीत गाई प्रभातमा तरङ्ग फैलिदै जान्छ देहका अङ्गअङ्गमा बल्दछन् कर्मका दीप भित्री चक्षु खुलाउँदै ज्योत्स्नाको बीज रोपेर मीठा फल फलाउँदै १ निद्रा आलस्यता […]

  • गजल ५२८

    भावना गिरी, बस्नेत क्यानडा आमा तिम्रो पर्देसी छोरो फिर्‍यो कि नाइँ ? रिन लिएकी थियौ, साउँलाई ब्याज तिर्‍यो कि नाइँ ? पोहोर साल पिरको भारी छ मनमा भन्दै थियौ त्यो […]

  • हामीसँग के रहन्छ ?

    गंगाराम रिजाल टेनिसी, अमेरिका १ पायौँ मानव मूर्तिनै नभरिने कस्तोछ है पेट यो ! गर्छन् इन्द्रिय ज्ञानका सबकुरा बोल्ने र सुन्ने भयो॥ त्यस्तै स्पर्श गरेर जान्दछ सबै यो चर्मले बाहिर […]

  • सङ्घर्ष

    खेम खनाल ओहायो, अमेरिका सोचेर काम गर्दा पुग्ने छ खानलाई आलस्यता हटाए जानिन्छ उठ्नलाई अल्छी गरेर कोही आशा गरी रहन्छ मिल्दैन गाँस आफैँ नैराश्यले बहन्छ ।१। जो कर्म गर्न थाले […]

  • दर्शकका आँखामा बामाको कार्यक्रम

    जे एन दाहाल अमेरिका क्यालेन्डरमा सोह्र जुलाई शनिवार भुट्निज मिउजिक अमेरिकन एसोसिएसनको कार्यक्रम हेर्न उत्सुकताले साङ्गीतिक प्रस्तुति हेर्न त्यहाँ पुगेका छौँ। मूल ढोकाबाट सेकुरेटि चेक पोस्ट पार गर्नसाथ रत्न गुरुङ […]

  • फुस्केको मास्टर

    अजित रूपाबुङ अमेरिका उस्तै कथा बोकेको हजारौँ मानिसहरूको उस्तै देखिने क्रमबद्ध माटो, बाँस, काँस र प्लास्टिकले बनेको छाप्राहरू छन्।त्यही छाप्राहरूले उनीहरूलाई हिउँदमा शीत र वर्षा याममा घाम पानीबाट ओत दिन्छ।त्यो […]

  • गजल ५२७

    दुःखी अतुल अमेरिका जिन्दगी सार्थक पार्ने उपाय अरू थाहा छैन मलाई आत्मविश्वास सिवाय अरू थाहा छैन आफ्नै बाद्वारा घरभित्रै बलात्कृत भएकी छिन् अब छोरीले पाउनै पर्छ न्याय अरू थाहा छैन […]

  • डा. भम्पा राई प्रति

    मधु घिमिरे ह्यारिसबर्ग, पेन्सिलभेनिया भम्पा राई कुशल प्रतिभा बैद्य हाम्रा विशेष भूटानीका मन मगजमा बस्दछन् आज खास बोली मीठो हरपल नयॉं जोश उर्लेर बग्थ्यो माटो माटो मधुर लयमा शब्द निस्केर […]

  • एक गुच्छा सुगन्धहीन कागजको फूल

    नैना सुब्बा बराइली द्वारका, नयाँ दिल्ली उकालो अनकन्टार बाटोबाट अँध्यारो गल्लीहरू हुँदै हिँडेका कठिन यात्राभरि एक गुच्छा कागजको फूल हातमा लिएर भ्रमित सुगन्धको सपना देख्ने सरल, निश्छल निमुखा मुटुहरूलाई केही […]

  •  भुटान हाम्रो जन्म भूमि

    इन्द्र प्रकाश खवास अमेरिका पढ–पढ भाइ बहिनी ,अघि बढ्नलाई भुटान हाम्रो जन्म भूमि ,अमर राख्नलाई, आज हामी साना छौ ,भोलि ठुला हुन्छौ देशको माया गर्नू पर्छ ,वान्वित हुन्छौ । आउ भाइ […]

  • असार

    के सी सान्दाइ साउथ अष्ट्रेलिया वर पर सब नाङ्गो खेत आली जमाई छम छम गरि नाच्छन् बाल बृद्धा रमाई । शुभ दिन ठहराई खेतमा काम गर्छन् झटपट गरि खाजा बोकि […]

  • मातृभाषा

    कुबेर कुईकेल  ‘भुवानेटारे’ अमेरिका टोपी उच्च हिमाली त्यो गोर्खाली शिर मान्दछौँ नेपाली जब भाषाको गरिमा उच्च जान्दछौँ मौरिको महझैँ मीठो स्वाद छ शब्द शब्दमा सुधा साहित्यको स्वाद नेपाली लेख देखमा […]

  • डा. भम्पालाई श्रद्धाञ्जली 

    ईश्वर ढकाल  अमेरिका त्यो हिमाली देशको काखमा सयौँ वर्ष सम्म हिउँ नपर्ने गाउँमा अकस्मात् सेताम्मे हिउँ परेको मुहूर्तमा तिमीले जन्म लिएछौ र नामकरण नै त्यसै अनुरूप भएछ जस्तो नाम उस्तै […]

  • अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०२२ सम्पन्न

    जुन २७, २०२२ ओहायो, अमेरिका । साहित्य परिषद् भुटानले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय साहित्य सम्मेलन २०२२ विभिन्न विधाका १० कृति र एक गीति एल्बमको विमोचन सहित सम्पन्न भएको छ […]

  • गजल ५२६

    अबिबाबु अधिकारी अमेरिका मन दुखी सके पछि कुण्ठा पोख्नुको विकल्प हुँदैन, शरीर गली सके पछि भारी बोक्नुको विकल्प हुँदैन॥ मन र शरीर उस्तै उस्तै हो जता छोए पनि दुख्छ, मुटु […]

  • प्रेस विज्ञप्ति

    साहित्य परिषद्, भूटानले अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने आदरणीय पत्रकार एवं सञ्चारकर्मीज्यूहरू, अमेरिकामा साहित्य परिषद्,भूटानले आगामी जुन २५ र २६ मा दुई दिने वृहत् अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना निश्चित गरेको ब्यहोरा […]

  • किन बाचा तोडेर आयौ ?

    इन्द्र प्रकाश खवास अमेरिका तिमी मुसुक्क मुस्कुराएर मन चोर्न आयौ कुमारी हुँ भन्दै फेरी मुटु फोर्न आयौ ।। पिरै–पिरले पिसोल्टिएको हृदयलाई तिमीले जीवन भर साथ दिने माया गाँसेर आयौ ।। साथ नपाउँदा […]

  • चुरोटे केटो

    जे एन दाहाल अमेरिका मान्छेले सम्मान युक्त कार्य गर्दा कुनै पद पाउँछ । कुनै तक्मा पाउँछ । कुनै पुरस्कार पाउँछ । ठिक त्यही तरिकाले मान्छेले गलत काम गर्दा समाजले व्यङ्ग्यात्मक […]

  • गजल ५२४

    दुःखी अतुल अमेरिका थाहा छ वरिपरि तीक्ष्ण काँडाहरू छन् तर कसले गुमाउँछ मुलायम गुलाफ स्पर्श गर्ने सुवर्ण अवसर कसले गुमाउँछ प्रियालाई चम्किलो चन्द्रमा र कोमल कुसुमसँग दाँजेपछि मैले चुम्बन गर्न […]