Poetry

  • मेरो भाषा

    गौरव छ म नेपाली भएकोमा अझ गौरव छ मलाई म नेपाली भाषी भएकोमा वा ! कति विशाल छ ! शान्त, शौम्य र सभ्य छ लालित्य छ आलंकारिक छ त्यसैले — […]

  • म अनि नाङ्गिएका चेरी र आरुहरु

    उही पुरानो घरको बार्दलीबाट चिहाइरहेको छु तुशारे शिशिरले नङ्गाएका चेरी र आरुका बोटहरुलाई ! म पनि त तिमीहरु जस्तै नाङ्गिएको छु, उजाड छ मेरो जीवन पनि तिमीहरु जस्तै तिमीहरुलाई नङ्गाउने […]

  • देशविहीन हुनुको दुखाइ

    सबैथोक छ र म फिक्का छु हेरिरहेछु त्यो निलो आकाश, सम्झिरहेछु साथीहरु बाटो-घाटो, र आफ्नो समाज आफ्नो पनमा रमाएका ती मनहरूलाई मलाई आजसम्म बाँच्न प्रेरित गर्ने ती क्षणहरुलाई त्यसैले, म […]

  • हिपाँच

    हिसाव हिन्दू र हितै हिमाल। हिरा गरि पाँच पवित्र माल॥ हिपाँच छन्मुख्य समाल जानी। वली वनी वाँच विचार नानी॥१॥ हित छ भाभ राम्रो त जगद्भरीमा। हितै बढाउ घटको घडीमा ॥ […]

  • दण्डित छन् अहिले …

    चिम्लीलोचन मघ्न भो प्रकृति नै साह्रा अँध्यारो भरी वर्षा हीम छ वर्षियो जमिनमा सातो सबैको हरी । मूर्छा भो जगतै कि आज विचरा ! तत्काल नै सागर निद्रामा मनमस्त भो […]

  • शान्ति आइनन्

    अणु बमको विष्फोटसँगै धुजा धुजा भएर च्यातिएकी, पिइसकेको रक्सीको बोतलसँगै फ्यालिएकी, फुत्किएकी मेसिन् गन, मिजाइलहरूबाट, त्यो कोलाहलदेखि ज्यानमारा बन्दीझैं हिँडेकी आश्रयको खोजीमा कहीं, रावणले हरेकी सिताझैं खोसिएकी मेरो जिन्दगीदेखि, प्रचण्ड […]

  • गुराँसको रंग

    मेरी बिरामी आमालाई मेरो आलो रगत पठाएको बेला ठिकै छ तिमीले गुराँसको रंग भन्यौ अरे, मेरी आमाको म सम्म हिँड्ने सम्झनाका बाटाहरु छेकेर यो मुस्कान सारै चोर, सारै फटाहा, सारै […]

  • परिवर्तन

    कलिलो उमेर, कलिलो मन भएको थियो शरणार्थी जन, अँध्यारो जीवन, शून्य मन न थियो औसर, न थियो धन ! भाग्यले गर्दा, नेपाली नाता मिलिन् साथ सरस्वती माता, तथापि औसर वञ्चित […]

  • भाषा-साहित्य

    डिल्लीराम घिमिरे टेक्सास भाषा हुन् ती अनेक व्यक्त गरिने माता-पिता दौलत लेख्ने मध्यम एक भाव लहरी दोश्रो कला कौसल सुन्दर स्वच्छ पवित्र भाव रसिलो बग्दो छँदो सर्वदा किञ्चित शुद्ध तरंग […]

  • राजमार्गमा अक्षरहरू

    दार्जीलिङ्ग, भारत राजमार्गमा पथ अवरोध गर्न बसेका अक्षरहरू अखबार र टेलिभिजनबाट छरिन्छ। त्यसैले बटुलेर कुरा गर्दैछु म तपाईं? • लुते सरकारी अक्षरहरूलाई प्लास्टिकमा हालेर झरीबाट जोगाउने त्यो रत्नेलाई हाईस्कूल फेल […]

  • मानव हंस

    भो जन्म यो भूवन ताल जल्मा । सन्सारको चाल परी अकल्मा ॥ वस्नू छ यो मानव हंस कुल्मा । छर्नू चुचाले वसनू वगाल्मा ॥१॥ विश्वास सब्को मनका अकल्मा । विद्वान […]

  • रीत

    यसै गरी चल्दैछन् है परिवर्तनका लहरहरु कोही भन्छन् एकता गर्ने कोही खुट्टा तान्ने कोही गर्ने मरी-मरी कोही दृश्य हेर्ने !! यसै गरी चल्दैछन् है परिवर्तनका लहरहरु कुरा हुन्छन् ठूलाठूला छैन […]

  • भूँडी

    हेर्दा त सानै हो तर, जति खाए पनि नअघाउने बिहान खायो, दिउँसो खायो हुँदैन, बेलुका खायो अघाउँदैन, सधैं नै ओइरो हाली रहनुपर्ने यो पीराहा भूँडी ! (रचनाः जनवरी २४, २०१०)

  • शहीदहरूप्रति

    तिम्रो नाम ध्वजाहरूमा नफरफराउला, कुनै स्मारक नबन्ला तिम्ले माटोलाई अन्तिम पटक ढोगेको ठाउँमा, तिम्ले वीरगति प्राप्त गरेको स्थलमा नबन्ला पाटी, नहोला कुनै धर्मशाला तिम्ले आमालाई आखिरी सम्बोधन गरेको स्थानमा | […]

  • भिन्न विचार

    अमेरिकागाउँकै धनी मानिस उनी दुई छोरा वर्ण गोरो राम्रो स्वभाव जेठाको चैं भिन्न विचार कान्छो छोरो जेठो खेतमा घरबारीमा कामै गर्न अति खुशी कान्छो भने आफ्नै प्रकार मन नपराउने कसैप्रति […]

  • म एउटा पत्रकार

    म एउटा पत्रकार राष्ट्र र समाजको प्रतिनिधि सुचना र समाचारहरुको स्रोत राष्ट्रको चौथो अंग तर यथार्थमा, खोइ त रष्ट्रियता ? ? ? हातमा कपी र कलम लिएर दौडिरहन्थें सत्य र […]

  • इतिहास, म अनि महाराज

    क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया महाराज , इतिहासको पाना पल्टाएर हेर मेरो पुर्खाको पदार्पण कसरी भयो देशमा ? शायद, बिर्स्यौ होला तिमीले, वाङ्दीफोड्राङको झार्लांगी, घना जंगलको फँडानी, सिस्ने डाँडामुनिको बस्ती, […]

  • मनु मञ्जील

    फूलमा झ्यामीएर झुत्तिरहेको भँमराले भन्दा ज्यादा कविताको थुँगोमा कलम चोबेर स्वाद लिने ‘एडीक’ हुन् मनु मञ्जील सुनामीभन्दा ज्यादा आँधीको आवेग उरालेर देवकोटाको चिल्लो तालुमा आधुनिकताका रौं उमारेर साहित्यको जंगल बनाउने […]

  • रोनाल्डोसँग जोहेनेस्बर्ग विमानस्थलमा

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया  विश्वकप हारेपछि एक झोला पराजयको नमीठो अनुभव बोकेर घर फर्कदै गर्दा अभा अपहरीत क्रिस्चियानो रोनाल्डोलाई जोहानेसबर्ग विवानस्थलमा भेटेको थिएँ | म उसको प्रसंशक हुँ उसलाई बताएँ, […]

  • अतीतसँग नमिठो विछोड

    फिक्का- अन्धकार मनभित्र छाँद हालेपछि, जीवनतताको गोरेंटो गन्तब्य ऊ….पर बिचैमा हराएर छताछुल्ल पोखिनुको आहत यदा-कदा कर्णपटमा गुञ्जिरहेको आज पाइलाहरु खोजिरहेछन्। हर पल यथार्थ म सँग सोध्छ- वास्तविक्ता मसँग अनगिन्ती प्रस्तावहरु […]

  • “भूमिचाल “

    भू- भूमिचालै चल्यो औँसिको रातमा। घर्सवै भ्त्कियो वाडिको साथमा ॥१॥ टा- टाक्टुकै पार्दिए दैवले कोपमा। टाँसिए आत्तिँदै सीसुवालै जहाँ ॥२॥ नी-नीसपट्टै भयो चट्चट्याङ पट्कियो । द्योतमिल्कि सवै धर्ति खं थर्कियो […]

  • ज्योति बिनाको जागृत

    अर्थै रहेन बाँच्नुको यस्तो जीवनको कथा दुःख्ने छाती फुटाएर म लेख्छु भित्री वेदना। जाग्राम यो रमाईलो भन्छन् भन्ने भनिरहून् नबल्दा मनको बत्ति ज्योतिबिना छ जागृत। मनभित्र कुरा खेल्दा न हुन्छ […]