म एक्लै छु
हो आमा ! म यतिबेला एक्लै छु तिमीबाट टाढा निर्जन बगरहरूमा, मान्छेहरूकै भीडमा एक्लो छु, फिक्का चेतमा मस्त छु,, ‘नूनबिनाको तरकारी’ जीवन जिउँदैछु । तर, आमा ! मभित्रको ‘म’ ले […]
हो आमा ! म यतिबेला एक्लै छु तिमीबाट टाढा निर्जन बगरहरूमा, मान्छेहरूकै भीडमा एक्लो छु, फिक्का चेतमा मस्त छु,, ‘नूनबिनाको तरकारी’ जीवन जिउँदैछु । तर, आमा ! मभित्रको ‘म’ ले […]
उषा गिरी चारपाने झापा जीवन सङ्ग जुझ्दै हारहरुलाई स्विकार्दै दृढ अठोट मनभरि पाल्दै बिचलित नभैकन चुला र चौकामा ढिकी र जाँतोमा विवशतामा रमाइरहेकी प्रफुल्ल मेरी आमा तिमीले आफ्नो पीडाको क्षणलाई […]
सुरेन घिमिरे एडिलेड-अस्ट्रेलिया आफ्नो भन्नु हराएको देशमात्र छ | खानलाई आफूसँग भोकमात्र छ | हिड्नलाई, अनगन्ती बाधाको जञ्जीरमा थकित पाइला फँसेका छन् | बिगतदेखि आगतसम्म भत्किँदा भत्किँदा, अतीतदेखि वर्तमानसम्म हराउँदा- […]
नजिकियो चहाड भित्रियो दशैं खुसी र उमंगहरु छैनन् मसँग, विदेशी स्याउभन्दा स्वदेशी नासपाती स्वादिलो हुन्छ भन्ने भनाइ सार्थक भयो ममा । सुख, चैन र ऐश्वर्य भए पनि आज मेरो नेपाली […]
आयो तिजै सबतिरै दुनियाँ हँसाई पानी झरी छ अनियो हरियाली छाई साथै छ रक्त फरिया गहना सजेको गुन्जाय मानछ सबै सुखमा रमेको ।। ०१ ।। सालै भरी घरघरै पसिना बगाई […]
हो दाइ, अस्तिकै दिनमात्र तिमी भन्दैथ्यौ निः ‘‘मेरो बस्तीमा गल्लिको कुकुर हाँस्छ’’ साँच्चै हो, मान्छे त तिम्रो बस्तीमा हास्नै सक्दैन, त्यहाँ धोका छ, त्रासदी र अहंकार छ, भाइबन्धुमा त्यहाँ अविश्वास […]
मेरो हृदयको संग्रहालयमा संग्रहित सम्पूर्ण खिलहरु तिम्रै काँडाहरुका घोचाइबाट उब्जिएका हुन् मेरो संवेदनाको क्रमिक मृत्यु तिम्रै आँगनमा भएको हो मेरो यस्तो मृत्युका साक्षीहरुले अहिले पनि भेटलान सपनाको खोजीमा लम्कंदै गर्दाका […]
बिर्तामोड तिमी शिखरको फूल घाम पनि तिम्रै भागमा छ जून पनि तिम्रै भागमा छ त्यही भएर तिमीसँग सौन्दर्य पनि छ अग्लो हुनुको गौरव तिमी शिखरको फूल तिम्रो सामु हामी होचा […]
कति मीठो यो प्रेमको सुवाश ! कति रमाइला ती क्यानभासभित्र कोरिएका प्रितका कविताहरु ! अति नै हृदयस्पर्शी छन् तिमीले गरेका मायालु कुराहरु साह्रै गहकिलो छ त्यो, तिमीले कोरेको प्रेमको हरफ […]
भारति विमले सरस्वति माता, तिम्रा पादमा झुकाउँछु माथा ॥१॥ श्वेत कमलमा निवास छ तिम्रो, वीणा पुस्तकै नि साथि छ तिम्रो ॥२॥ कोमल रसिलो त बोलि म वोल्दै, भुल्दैछु तिमी र […]
काश ! यथार्थ फेरि सामु तेर्सिन्छ कल्पनाको स्वतन्त्र संसार त्यहीँ खुम्चिन्छ समुद्री छालले सपना पखाल्छ दोसागरमा पुगेर जीवन आफैँ अड्किन्छ लाजले रातिएको गाला एक आचरणहीन अनुहार ऐनामा मजबुत छ आफ्नै प्रतिबिम्ब आफैँलाई घृणा गर्छ घरमा प्रतिक्षा […]
शनिश्चरे ७, मोरंग फूल मरेको बगैंचामा, बजेको सगींत भर्खरै आँसु निथ्रिएको, आँखाको सपना भर्खरै चराले चुच्चोमा च्यापेर लगेको घाम भुलेर, जुनकीरीहरु बटुल्दै छ, यतिखेर समय । मेरो घरको दैलोमा लडेको […]
भगिरथ उच्च मा. वि. मोरंग नेपाल ग्रहणले ढाकिएर धर्तीमा अन्धकार बलेका बेला कल्पनाका उमङगहरू चकलेट्झैँ बेरिए हठात् धर्तीमा कम्पन पैदा भयो बादल एकअर्कामा मात्तिएर दिशाहीन गतिमा दौडन थाले मनमा चिसो […]
तिमीलाई देखेपछि मैले काँडाहरु छामेँ एक टुक्रा खण्डित सूर्य मेरा अगाडि झ-यो मैले उठाएर आफैसँग राख्न चाहेँ आकाशको नीलो बिम्ब बनेर मेरो जीवनमा आउन चाह्यो मै काँडाहरु छामेँ एकपटक तिमीलाई […]
जता सबहौँ उहि मानव नै । धरती विच जन्म कुना भवमै ॥ विधिको त विधान उ चल्छ सधैँ । वरु विश्व छिमेकि बनाउ सबै ॥१॥ तर हेर रहेछ कती कुदने […]
गाली के दिऊँ ? कुन भाषामा दिऊँ ? साला ….. पापिष्ट, नर्के, छुलिया अधर्मी, अपराधी कपटी, विश्वासघाती हरामी, अहंकारी पाजी, घमण्डी मसाने, भ्रष्टचारी तानाशाह, बलात्कारी तँलाई जोङ्खा भाषामा गाली चाहिन्छ ? टामासिप, ज्यन्डे …………… कि सर्छोपेली […]
क्षितिजको मित्र प्रकाश धमला अष्ट्रेलिया एक अञ्जुली घाम लिएर वर्ष चिसिएका ती निरीह अनुहारहरुमा अर्थको न्यानोपन दिन किन खोजेको तिमीले ? शताब्दिऔं पिसोल्टिएका छन् मूनाहरु शताब्दिऔंदेखि अधिकार लम्पसार छ बलेसीमा […]
नर्वेको रसरङ्ग,रुप रसिलो हेर्दा जतै झल्मल वृक्षै रङ्रङका पहाडहरु छन् चट्टान छैनन् ठुला । मान्छेको मुख हुन्छ नित्य हसिलो मस्तिष्क राम्रो गरी खेती छैन किसान छैन नत छन् श्रम् कारखाना […]
बिहानीको झुल्के घाममा होस् या बेलुकीको गोधूलीमा , मध्यान्हको चर्को घाममा होस् या पूर्णिमाको टहलटहल जुनमा , लम्पसार सेतो बगर हिँड्न थर्थराउने कोमल हृदय , कसरी आमाको न्यानो काख छोडेर […]
म छक्क पर्छु अनि अच्चम्मित पनि छु कतै अस्ताएका सुर्य नउदाउने हुन् कि भनेर म विचार गर्छु आफैँ लोलाएको जस्तो हुन्छ फेरि झसङ्ग हुन्छु ,प्रकृतिको नियन त अटल रहन्छ। अनि बल्ल होस् खुल्छ म त कतै क्षितिज पारी अल्मलिरको पाउँछु यता उता छामछुम गर्दा आफ्नो […]
देवलहरु छाम छाम छुमछुम गर्दै प्रत्येक दैलाहरुमा जीवन खोज्दै हिँड्ने अनि तिम्रै ऐस आरामको निम्ति युगौँसम्म मेसिनमा रङ्गिँदै रगतमा लत्पतिएर मरिमेट्ने ती अथक पाखुराहरु थोत्रा आडम्बरहरु धमिराका घरहरुझैं असुरक्षित तिम्रा ती […]
Xitizko mitra Prakash Dhamala Australia An innocent child standing amid the traffic congestion Counts his childhood days of pain, bliss and tribulation He sometimes dreams of contentment and happiness He […]
घामको पिरामा बसेको छु र निरन्तर चोइटीरहेछु शब्द भएर ठोकिइरहेछ आवाज चट्टानमा जोडजोडसँग बोकेको छु, चट्टानबाट आगो उठेको सपना र ध्वस्त पारको खुनी नङ्ग्रा ताजा छ, विस्फोट र लप्का उठको […]
बिराटनगर, नेपाल एक सयौँ शताब्दीको पहिलो साँझ अमेरिकाको न्युयोर्कमा जोनार्ड स्वखलीत हुँदा, काठमाडौँका सीताहरुले भ्रुण परागसेचन लिन सक्छन् । गमलामा प्लाष्टिकका फूलहरु सजीव बन्न सक्छन्, ढुंगाको पैतला हुन सक्छ रामबाहादुरको […]
जयराम तिमल्सिना यतिखेर चुपचाप चुपचाप म उभिएको छु समयको कठाघरामा । सजाउन चाहान्छु, म मेरा आस्था र विश्वासका थैलीहरु कल्पनाको सुन्दर दीप बाली चेतनाको उज्याला बगैँचाहरु भर्न चाहन्छु कर्तव्यनिष्ट र […]
सीमा राई लिपिक्कै लालीले पोतिएको ओठ होस् या धुलोले चरचर फुटेको ढाक्रेको ओठ भोक, प्यासले सुकेको मजदुरको ओठ होस् या डर, त्रासले काँपेको कैदीको ओठ मुस्कानको सुन्दरता त एउटै हुन्छ […]
ब्रह्मा विष्णु उमापति शशिधरै देवादि देवेश्वर यिन्मा भक्ति छ वन्दना दिनदिनै विघ्नादि विघ्नेश्वर । नक्षत्रादि शशाङ्क सूर्य सहितै भूम्यादि पाँचतत्वमा गर्नू पूजन नै र बढ्नु अघि नै सत्कर्मका मार्गमा ।। […]
सुमन मञ्जरी मनको कुनामा, बर्षौँदेखिको रहर, कतै टाढा पुगेर सुन्दर संसार बसाउने, तर, कहिलै कल्पनासम्म नगरेको र , सोच्नसम्म पनि नभ्याएको , निर्दयी समयले उसलाई सिकार बनायो, उल्टो हिंडेर, आफ्नो […]
भोक भएर जिन्दगी रुवांडी शरणार्थी बालकसंग बगरमा बालुवा खाँदैछ रोग संग मितेरी लाएर ऊ मृत्यु बाँचेको छ संदुकीमा जिजीविषा बोकेर निकै टाढा पुग्यो यायावरीय जिन्दगी फेरि आकाशमा उड्ने परेवाको छायाँ […]
फूल फुल्छन् र झर्छन् अनि त्यहीबाट नयाँ सृष्टि हुन्छ जीवनको अनन्तक्रम चलिरहेछ यसरी नै, यहाँ–