Year 2 – Issue 7

  • प्रसंग साहित्य र राजनीतिको

    अहिले साहित्य र राजनीतिको सम्बन्धमा पारपाचुके भइसकेको छ । अहिले अर्को प्रश्नको सन्दर्भ पनि उठ्ने सम्भावना बढेर गएको छ । राजनीतिप्रति उदासीन साहित्यकारको सिर्जनात्मक शक्ति कति प्रभावशाली हुन्छ ? यो आजको जल्दोबल्दो प्रश्नात्मक प्रसंग हो । यसरी नै साहित्य र कलाप्रति उदासीन राजनीति कस्तो हुन्छ ? त्यस्तो राजनीतिज्ञले राजनीति र समाजमा कस्तो छाप छोड्ला ? यस्ता अनेक प्रश्नहरू लहर लाग्न सक्छन् ।

  • भीरको चिण्डो

    चिण्डेका फ़ेदमा भिर्को टकुरा मुनि अक्कर। भालुवाँसे भिरै वीच्मा फ़ल्नमा छ नी तत्पर ॥ हेर्दै जौं भीरको चिण्डो उम्लदो पयझैँ तर । हावले वगेमा पारी पर्नगो यदि ठक्कर ॥१॥ तत्कालैमा […]

  • नयाँवर्ष-मेरो शुभकामना !

    फेरि एकपटक हिउँदको यो चिसो बिहान फुस्फुस हुस्से खसेको छ, धर्तीको आङमाथि मन चर्केको छ, धर्ती फाटेको छ रुख विरुवा सुकेका छन् हो ! रोग,भोक र बासको त कुरा नगर […]

  • बिभेद

    बिपन्न तन लिएरै पनि सम्पन्नताको छाती लिएर महानताको धुरी चढ्ने मनहरु धेरै छन् यहाँ तर समयको पावन्दीले साँच्चै ती मनहरुलाई कंगाल झैं बनाएको छ त र …, सम्पन्न तनहरु भने […]

  • गजल-९७

    फूलरूपी माया मेरो नफक्रँदै झर्नु पर्‍यो कहाली लाग्दो जिन्दगीमा तड्पी-तड्पी मर्नु पर्‍यो , सप्नाहरु धेरै थिए आज सबै टुटी गए अतीतका कुरा सम्झी हाँस्दा-हाँस्दै रुनु पर्‍यो , जति काँड़ा झिकुँ […]

  • उसको कथा भने जीवीतै छ

    मरिसकेको वृक्षलाई पानी छिटेर जगाउने साहस कसैले गर्छ भने त्यो आश्चर्य होइन, आश्चर्य ता अरु नै बस्तु छन् संसारमा केवल त्यो ता मूर्खतामात्र हुनजान्छ । शरीर मरिसक्यो केवल प्राण जान […]

  • अधुरो यात्रा (लघुकथा )

    मोहन शर्मा म्यासाचुसेट्, अमेरिका आज धेरैपछि घमाइलो घाम लागेर पार्क नै सुन्दर देखिन्छ । घामको रष्मीले वातावरण दिपावलीझैं झलमल्ल बनाएको छ । हिउँले सारा हरियो नाश भए पनि मानिसहरुको मनमा […]

  • गजल-९६

    सोभित अधिकारी अमेरिका धरै धरै उनको बोली सुन्न मन लाग्यो उनीसँगै मायाजाल बुन्न मन लाग्यो, प्रियसीले छाड़ी गइन् मन त्यसै फाटिसक्यो रातै भरी तस्बीर हेर्दै गुन्न मन लाग्यो, चीनो हेर्दा […]

  • गजल-९५

    बिहान उठी घाम् हेर त जूनजति राम्रो हुन्न कुरूप् जीवन् जिई हेर बरु ओखर् चाम्रो हुन्न, धनीहरू चामल भए गरीब सबै घूनसरि चामलजति ‘हाम्रै’ भए कहिल्यै घून ‘हाम्रो’ हुन्न, हुनेहरू […]

  • चिनारी के छ ?

    चिनारी के छ देशको तिम्रो सम्झना आइरहने ? रित्तो छ गाउँ-घर उदास छ जीवन उजाड़ छ खेतबारी, दुखेको घाउ चर्केको मुटु देशको चिनारी, चिनारी के छ देश को तिम्रो सम्झना […]

  • चराको आकार शिरमा राख्दा

    आम्सटरडाम, नेदरल्याण्ड महलमा बसी बसी चयन गर्दा मेहनतीको सट्टा आफन्तलाई छान्दा कूटनीतिक जाल रच्न खोज्दा सफलताको संकेत आभास हुँदा चराको आकार शिरमा राख्दा, जनताको बिश्वास मात लाग्दा जिम्मेवारीबाट पर भाग्दा […]

  • पठन-२

    दार्जीलिङ ई-अक्षरहरू डाउनलोड गरेर कागजमा हेर्दैछु म प्रिन्टरबाट निस्किएको मेरो पाठको आजको आँखा ! मलाई यत्ति चाहिएको हो, आज बुझ्ने डा. गोबिन्दराज भट्टराईको पोस्टमोर्डन लिटरेचर-माथिको लेख। … विचार ठुन्का-ठुन्का भएर […]

  • तीन रुवाइ

    जवानीलाई लुटी-लुटी दिउँसै मात गर्यौ फगत माया लुटी ल्ग्यौ जीवन घात गयौ क-कसलाई नि, कतिखेर के के हुन्छ भन्दै भावनामा डुबाएर रस-प्यासको बात गर्यौ ! १ मेरो देश भन्दा खेरी […]

  • गजल-९४

    आफ्नै देशको वनपाखामा चरेको एक चरी हूँ म, त्यही माटोमा उकाली-ओराली गरेको एक चरी हूँ म, शिकारीले खेल्यो शिकार जुन ठाउँमा म खेलें हुर्कें, शिकारीको गोलीबाट टाढा सरेको एक चरी […]

  • सम्पादकीय

    देश, काल र परिस्थितिले डोर्याएतिर नै सबै मान्छेहरू दौडिनुपर्ने नियति विगतदेखि वर्तमानसम्म मानव इतिहासले भोग्दै आएको कुरा हो । हामी पनि अहिले त्यही घड़ीमा आएर उभिएका छौं । हाम्राअघि अनेकौं […]

  • किचलोमाथि मान्छे

    खुल्ला आकाशमा कावा खाँदै फर्किएर आत्मा सँगै मिल्न आउँछ मान्छे, दुनियाँको दौडधुपमा पराजयको तितो अनुभूति निराशाको आँचल ओडेर स्वाभिमानको लाज राख्छ मान्छे पाइला-पाइला खिन्नताको श्वास लिँदै आन्तरिक ज्वरभाटा सँगै द्वन्द्व […]

  • सम्झँदा दुःख लाग्छ

    वासुदेव ओस्ती क्यानाडा कुरा ८ मार्च २०१० को हो । म ईलाम जिल्लाको लक्ष्मीपुरमा रहेको एउटा निजी विद्यालयमा शिक्षक काम गर्थें । त्यसदिन विद्यालय विदा थियो, त्यसैले म आफ्नो डेरामै […]

  • कन्काई किनारको एक झलक

    स्थान-नवस्थापित पञ्चवती विद्धालय परिसर समय-सन् १९९२ को दिसम्बर महिना-एक बेलुकीपख स्कूलको विदा भइसकेर शिक्षक-विद्धार्थी सबै शिविरतिर लागे । शिक्षक साथी विजयले आफ्नो डायरी अफिसको टेबुलमा छोडेछ । मैले डायरी उठाएर […]

  • पठन-१

    दार्जीलिङ फिनिक्सको कथा पुराण जस्तै सुनाउँछ र मलाई बॉंच भन्छ अक्षर । बॉंच्न अघि म त्यो कठोर यातना सम्झन्छु जसलाई भोग्दा क्षयरोगी भए आवाज। पीड़ा सम्झन्छु त्यो जसको वितरणकक्ष सम्हालेर […]

  • शून्यतामा

    रघुनाथ ओस्ती क्यानाडा शून्यतामा… म उड़िरहेको बेला, मेरो पखेटा काटेर… रक्ताम्य पार्दै, अर्को शून्यतामा गिराउन चाहन्छ ‘ऊ’ । म उसको तरवारबाट … त्रसित भएर परपर भाग्दछु ‘ऊ’ मेरो पिच्छा गर्दै […]

  • देवकोटाको सम्झनामा

    ‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.* देवकोटाका कृतिहरूको एउटा केस्राबाट उद्धृत […]

  • म युवा हूँ

    म युवा हूँ परिबर्तन खोज्न उत्रिएको, म सेनानी हूँ प्रजातान्त्रिक आन्दोलनमा होमिएको । म कैदी हूँ कारागारमा सडिएको, म शहीद हूँ मुक्तिसंग्राममा हुर्किएको !! म मसाल हूँ अन्यायको अन्त्य गर्ने, […]

  • गजल-९३

    घण्टौंसम्म तड्पीएर तिम्रै यादमा फँस्छु अचेल थियो जीवन तिमी हुँदा एक्लै नर्क खस्छु अचेल, हुन्न रै‘छ व्यवहारमा सोचे जस्तो कहिले पनि बस्ने घरै चिहान भा‘छ एक्लै एक्लै बस्छु अचेल, लगाम […]