गजल २५८
डोम काफ्ले-अष्ट्रेलिया पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्यो भन्दिनू बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो समयको फड्केबाट उस्ले साँघु तर्यो भन्दिनू संघर्षको उपवनमा गुलाब, बेली र चमेली सार्दा-सार्दै फुलसरि एक् साँझ उ झर्यो भन्दिनू किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै आयुको मोल् गर्नै नपाई झोला उसले भर्यो भन्दिनू बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्यो भन्दिनू साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्यो भन्दिनू…
