Category: Nepali

  • प्रकृतिमा बाँदर निरीह प्राणी

    मचिन्द्र खत्री तेह्रथुम अहो!प्यारो साथी अभयसँगले आज यसरी सुतेको हाँगामा हरितवनमा हेर कसरी? सबै चिन्ता पीडा परपर सरे,शान्त मन भो सखे!प्यारो मेरो अवनितलको मित्र वनको।। कहाँ खाने सुत्ने वतन सकियो […]

  • बीज चाहियो

    जीवनहरि शर्मा इलाम आत्मबाट त्यो उब्जियोस् अरे सोच सर्वथा सत्य होस् भरे देश प्रेमको मूल मन्त्र यो राष्ट्र भक्तिको बीज चाहियो।।१ व्यर्थमा चुके अर्थमा बिके नक्कली कुरा गर्न झन् सिके […]

  • गिद्धले पर्खिएकी चरी

    भानु ढुङ्गाना क्यानाडा मैले त पेट भरी खाएँ आमा यो आङ र आब्रुक ढाक्ने गरी लाएँ बाबा हो आमा ! गरिबीको रेखामनि जन्माएनौ दुःखको पहाड मनि लुकाएनौ हो बाबा पराईको […]

  • हेमलक

    तुम्बेहाङ् लिम्बु प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु। हेमलक एक किसिमको विष थियो जो दार्शनिक शुक्रातलाई पिउन वाध्य पारियो शा-वा-सुम पनि उग्रराष्ट्रवादी विष थियो जो निरीह […]

  •  नभरिने बटुको

    गङ्गा लामिटारे अमेरिका कुनै समयमा भारतको पाटलीपुत्र भन्ने देशमा एक दानवीर राजा राज गर्थे । उनको नाम परं दानवीर राजा सूर्यमान सेन थियो । प्रत्येक दिन दुखी,दरिद्रीलाई अन्न,वस्त्र र भोजन […]

  • विकास विनाशको अर्को नाम हैन:

    मदन दुलाल  अमेरिका   मान्छेले चेतनशील परिपक्व मान्छे हुँ भनेर विनाशी विकासको लहर देखाएर अहङ्कारी फणा उठाउँदै गर्दा केवल एकबार माटोको खजमजिएको निधारले पसिनाको सिँचाइ नगर्दियोस् र आगोको हत्केलोमा एक […]

  • सिउँडीको फूल

    कृति परिचय तिलक राई कृत ‘सिउँडीको फूल ’ कविता सङ्ग्रह हो । यस कृति भित्र ३७ वटा कविता छन् । यहाँ शरणार्थी जीवनका भोगाइ, भूटानी शासकको विरोधका साथै सामाजिक र […]

  • सुनकोशको पानी

    श्री सिवा अमेरिका हिमालको माथि देखि ढुङ्गा, माटो पहरासँग कुस्ती खेल्दै खेल्दै बगी आउने सुनकोश नदीको पानी, अनि त्यही पानीको पिँधमा छालाको धोक्रो भित्र वर्षौँदेखि इस्पातजस्तै एकनासले मोती झैँ चम्किरहेको […]

  • भाषा वेष भुलेर पो हो कि?

    इन्द्र प्रकाश खवास अमेरिका किन लाग्छ अन्धकार पूर्णिमाको जून पनि, किन लाग्छ सुन्या आज सङ्गीतको यो धुन पनि। आफ्नो भेष,भाषा पनि भुलेर पो हो कि, अर्कै देशको भाषा भेष खुलेर […]

  • दशैंको शुभकामना

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका   आयो दशैं भुवनमा सुख शान्ति छायो फक्रे सयौं मखमली घर भो उज्यालो बिर्सेर ती विगतका दिन रम्नलाई प्यारो दशैं घर र ऑंगनमा सजाई १ टाढा विदेश […]

  • केमिकल लोचा

    तुम्बेहाङ् लिम्बु जब दिमागमा केमिकल इम्ब्यलेन्स वा केमिकल लोचा हुन्छ तब मान्छे अस्वाभाविक बरबराउन थाल्छ नभएको चीज देख्न थाल्छ र स्वयंलाई चमत्कारिक शक्ति प्राप्त भएको भ्रममा पर्न थाल्छ। वास्तवमा उसले […]

  • अन्तरेको अक्षर

    पातलो अन्तरेद्वारा लिखित गजल सङ्ग्रहको नाम हो ‘अक्षर’ । यस कृति भित्र ७४ वटा गजलहरू छन् । गजलहरू विषयगत रूपले प्रेमालाप, प्रेम पिडा, निराशा, आक्रोश र सामाजिक विसङ्गति माथि नै […]

  • तिम्रो याद

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका हेर, तिमीलाई जहिले देखि जान्न सुरु गरेँ मैले मलाई यो थाहा थिएन कि म तिमीमा आफूलाई खोज्नेछु। आज म आफैँमा आफैँलाई खोजिरहेको छु। मलाई यस्तो लाग्थ्यो […]

  • संक्षिप्त समीक्षा: “बदलिएको कर्तव्य”  र “बेजोड बन्ध”

    आई पी अधिकारी एड्लेड, अष्ट्रेलिया  प्रवासी नेपाली साहित्यले बिस्तारै पुनर्वासित भुटानी समुदायमा जरा गाड्दै छ । साहित्यिक पुस्तकहरू निस्कने क्रम निकै बढेको छ । अबको बाटो पाठक खोज्ने हो, स्तरोन्नति […]

  • पृथक् नाता

    कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका   जीवजन्तु पृथक् हामी धरतीमा निवास यो त्यो व्यक्ति तिलस्मी हु्न्छ प्रकृति लक्ष लिन्छ जो ज्ञानले गुणले दक्ष मान्छे झुक्छ जिमी तिर शोभा यो धरती भित्र […]

  • दियालो पत्रिका: एक समीक्षा

    गोविन्द रिजाल कनिकाको अभावमा कनिका सम्झँदै जो मर्‍यो उसको मृत्युपछि उसैका घरमा मानुका मानु चामल आयो, ऊ आएन । कवि दुर्गा प्रसाद रिमालको लघु कविता च्याट्ट छ र पर्याप्त छ । […]

  • साहित्य परिषद भुटानद्वारा नेपाल प्रज्ञा-प्रतिष्ठानमा विशेष समारोह सम्पन्न

    • भाषा-साहित्यको विविध क्षेत्रमा योगदान गर्ने चार जना विशिष्ट व्यक्तित्व पुरस्कृत • विविध विधाका नौ वटा कृति लोकार्पित

  • गजल ५३०

    मदन दुलाल अमेरिका मर्नु सकिनु होइन —  रूपान्तरण हो बुझ्नुहोस् एकमा अनेक अनेकमा एक चरण हो बुझ्नुहोस् थाह छ भ्रमित ज्ञानी हुँदैन ज्ञानी भ्रमित  हुँदैन भ्रमलाई जित्नु ज्ञानी हुनु सत्यको वरण हो बुझ्नुहोस् […]

  • गजल ५३१

    कुबेर कुइँकेल ‘भुवानेटारे’ अमेरिका गुम्बा बिहान पस्दा आस्था प्रदीप्त हुन्छ उद्दीप्त  ज्ञान  दिक्षा  संसार पाप्त  हुन्छ प्रज्ञा प्रगाढ दिव्या  धात्री मयूख मान्दा रक्षार्थ भक्ति हाम्रो बुद्धत्व व्याप्त हुन्छ दम्भी घमण्डकारी […]

  • एउटा नजिर

    दिल भूटानी बेलडाँगी, झापा हाम्रो प्रत्येक आन्दोलनको नजिर एउटै छ खाली पराजयको झिल्को नबल्दै देश छोडेर भागेको अनि लाखापाखा लागेको । चाहे जय गोर्खा र सत्याग्रह पछि होस् या नब्बेको […]

  • वसन्त

    के सी सान्दाइ साउथ अष्ट्रेलिया सधैँ कुञ्जमा रम्न पाऊ डुलेर यही कुञ्जमा भाव पोखौँ भुलेर। यिनै कल्प बृक्षादि देखेर खास डुबे भावमा हुन्न कस्तै निराश॥१ सुरूभो वसन्तै लिई कोमलाङ्ग गयो […]

  • मुगलान माथिको छोटो चर्चा

    मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका “मुगलान” उपन्यास डा. गोविन्दराज भट्टराईद्वारा लिखित एक अत्यन्त मार्मिक, हृदय विदारक र कारुणिक नेपाली उपन्यास हो I यस उपन्यासमा टन्न पैसा कमाएर घर फर्किने सुन्दर सपनाहरू मन […]

  • ऐनाअघि उभिएर

    कृति परिचय सबीन शर्मा कृत ‘ऐनाअघि उभिएर’ गजलसङ्ग्रह हो । यस कृति भित्र ६२ वटा गजल छन् । यहाँ जीवनका भोगाइ, देश प्रेम, र संस्कृतिका कुरा नै उठाएको पाइन्छ । […]

  • गीतकार खेम रिजालको ऊर्जा: पुस्तक समीक्षा

    डा. गोविन्द रिजाल खेम रिजालको नयाँ कृतिऊर्जा  मेरो हातमा पर्ना साथ यसको आवरणले मलाई सम्मोहित बनायो । गाढा र हल्का नीला पृष्ठभूमिमा सेतो आकृति र अक्षरहरूको पारस्परिक कन्ट्रास्ट, छुँदा मुलायम आभास […]

  • समस्या

    जीवनहरि शर्मा इलाम,नेपाल यो वाटिकाका सब पुष्प हामी उद्यान नै यो बनियो बिरामी दुष्कर्म गर्ने अब स्वाट्ट फाली होस् एकताको मत शक्तिशाली।।१ फुल्छन् यहीँ नै बिरुवा हजार देखिन्छ राम्रो रमणीय […]

  • हाम्रो जीवनका ऐतिहासिक पानाभित्र

    गंगाराम रिजाल टेनिसी,अमेरिका १ बस्थ्यौँ हामी मिलीजुली जहाँ गाउँभित्रै घुमेर खोलानाला शिखर बनका पुष्पगुच्छा चुमेर॥ हुन्थ्यौँ साथै सुख र दुःखमा बुझ्दथ्यौँ पीरमर्का। चिन्दैनौँ है परपर हुँदै भन्न थाल्यौँ सहरका॥ २ […]

  • चिच्याई रहेको छ

    तिलक राइ बेलडागी, नेपाल …………………… ऊ सधैँ यसरी नै हात हल्लाउँदै बर्बराईरहन्छ कहिले सुका बलुवामा सिन्का जस्तो सुकेको औँलाले रेखा कोर्दै भन्छ – आखिर यही भूगोल हो कसले कोर्‍यो सीमाङ्कन देशको ? स्वतन्त्र मानिसलाई कुँज्याउने गरी प्रकृतिमाथि नै नियन्त्रण गर्न खोज्ने ओ ! मानव विरोधी शासकहरू । बिहान झुल्के घाम हेर्दै क्षितिज भेट्न उद्धत भएर पाइला फट्फटाउदै अघि बढ्दा षड्यन्त्रकारी साँझले क्षितिज लुकाए पछि क्षितिज भेट्ने अधुरो सपना एक पोको सिरानी लगाएर एक ओछ्यान रातसँग कुस्ती खेल्न बाध्य भएको बेला सङ्घर्षको मैदानमा एक्लै पारेर सबै दर्गदिशा लागे पछि सतिसालको कोइला भएर चैते हुरीको पर्खाइमा छ डढेलोको लागि एक झिल्को । मलाई पागल बनायौ बोल्न नजान्ने बनायौ […]

  • अर्कै वर छ हरे उनको

    इन्द्र प्रकाश खवास अमेरिका भोज भतेर खान पीन नछुनु हरे उनको मैले चाहेर के हुन्छ अन्तै मन छ हरे उनको !, सधैँ भरी पल–पल याद आउँछ उनको मत बच्चाले खेलौना […]