चिच्याई रहेको छ
तिलक राइ बेलडागी, नेपाल …………………… ऊ सधैँ यसरी नै हात हल्लाउँदै बर्बराईरहन्छ कहिले सुका बलुवामा सिन्का जस्तो सुकेको औँलाले रेखा कोर्दै भन्छ – आखिर यही भूगोल हो कसले कोर्यो सीमाङ्कन देशको ? स्वतन्त्र मानिसलाई कुँज्याउने गरी प्रकृतिमाथि नै नियन्त्रण गर्न खोज्ने ओ ! मानव विरोधी शासकहरू । बिहान झुल्के घाम हेर्दै क्षितिज भेट्न उद्धत भएर पाइला फट्फटाउदै अघि बढ्दा षड्यन्त्रकारी साँझले क्षितिज लुकाए पछि क्षितिज भेट्ने अधुरो सपना एक पोको सिरानी लगाएर एक ओछ्यान रातसँग कुस्ती खेल्न बाध्य भएको बेला सङ्घर्षको मैदानमा एक्लै पारेर सबै दर्गदिशा लागे पछि सतिसालको कोइला भएर चैते हुरीको पर्खाइमा छ डढेलोको लागि एक झिल्को । मलाई पागल बनायौ बोल्न नजान्ने बनायौ […]
